२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको विध्वसात्मक...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

यस बर्षको भाईटिकाको उत्तम साइत कार्तिक २५ गते बिहान ११: ७ बजे

286
shares

काठमाडौं । यस वर्षको तिहार अर्थात् यमपञ्चकको अन्तिम दिन मनाइने भाइटीकाको उत्तम साइत सार्वजनिक भएको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार कात्तिक २५ गते बुधबार बिहान ११ बजेर ७ मिनेटमा भाइटीकाको शुभसाइत रहेको छ।

समितिका अनुसार टीका लगाउँदा दिदीबहिनी पूर्वतर्फ र दाजुभाइ पश्चिमतर्फ फर्किनुपर्ने शास्त्रीय विधि रहेको छ।यस वर्ष यमपञ्चक कात्तिक २० गते शुक्रबारदेखि सुरु हुनेछ। पर्वका पाँच दिनहरूमा मनाइने विभिन्न पूजा तथा तिथिको विवरण यस प्रकार छ:

कात्तिक २० गते (शुक्रबार): धनत्रयोदशी (धन्तेरस) तथा यमदीपदान सुरु

कात्तिक २१ गते (शनिबार): काग तिहार र धन्वन्तरि जयन्ती

कात्तिक २२ गते (आइतबार): नरक चतुर्दशी, कुकुर तिहार, लक्ष्मीपूजा (दीपमालिका) तथा सुखरात्री

कात्तिक २३ गते (सोमबार): गाईपूजा (गौमाताको पूजा)

कात्तिक २४ गते (मंगलबार): गोवर्धन पूजा, गोरुपूजा, बलिपूजा, हलितिहार, म्हपूजा तथा नेपाल संवत् ११४७ प्रारम्भ

कात्तिक २५ गते (बुधबार): यमद्वितीया, भाइटीका (साइत बिहान ११:०७ बजे)

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports