विभिन्न समयमा नेपालका प्रधानमन्त्रीहरुले दक्षिणी छिमेकी मुलुक भारतको राजकीय भ्रमणमा गएका थिए ।...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अस्ट्रेलियाको पर्यटक भिसामा नयाँ नियम लागु

390
shares

काठमाडौं । अस्ट्रेलियाले पर्यटक भिसासम्बन्धी नियम परिवर्तन गरेको छ । शनिबारदेखि लागू भएको नयाँ व्यवस्थाअनुसार पर्यटक भिसामा अस्ट्रेलिया पुग्ने विदेशी नागरिकले त्यहाँ बसेर अर्को भिसाका लागि आवेदन दिन नपाउने भएका छन् ।

अस्ट्रेलियाको गृह मन्त्रालयले पर्यटक भिसाको दुरुपयोग गरी लामो समय बस्ने प्रवृत्ति रोक्ने उद्देश्यले नयाँ व्यवस्था लागू गरेको हो । अब पर्यटक भिसामा अस्ट्रेलिया जान चाहनेले भ्रमणको उद्देश्य र बसाइ अवधि स्पष्ट पार्नुपर्नेछ ।नयाँ नियमअनुसार पर्यटक भिसा, विद्युतीय यात्रा अनुमति र विद्युतीय आगन्तुक भिसाका लागि नोभेम्बर २८ वा त्यसपछि आवेदन दिने व्यक्तिको भिसामा थप बस्न नपाइने सर्त अनिवार्य रूपमा राखिनेछ । यसले पर्यटक भिसामा अस्ट्रेलिया पुगेपछि विद्यार्थी, कामदार वा अन्य भिसामा परिवर्तन गर्ने बाटो बन्द गर्नेछ । अर्को भिसाका लागि आवेदन दिन चाहनेले अस्ट्रेलिया छाडेर बाहिरबाट प्रक्रिया अघि बढाउनुपर्नेछ ।

यसअघि पर्यटक भिसामा थप बस्न नपाइने सर्त नराखिएको अवस्थामा अस्ट्रेलियाभित्रैबाट अर्को भिसाका लागि आवेदन दिन सकिने व्यवस्था थियो । सामान्यतया पर्यटक भिसामा तीन महिनासम्म बस्न पाइने भए पनि विशेष अवस्थामा ६ देखि १२ महिनासम्मको अनुमति दिने गरिएको थियो । कति समय बस्न पाउने भन्ने निर्णय अध्यागमन अधिकारीले गर्नेछन् ।नयाँ व्यवस्थाले भिसाको अवधि भने स्वतः घटाउने छैन । भिसामा उल्लेख गरिएको अवधिसम्म अस्ट्रेलियामा बस्न पाइनेछ । त्यस्तै, पर्यटक भिसामा तीन महिनासम्म अध्ययन गर्न सकिने भए पनि रोजगारी गर्न भने अनुमति छैन । फर्किने टिकट अनिवार्य नभए पनि स्वदेश फर्कन पर्याप्त आर्थिक स्रोत भएको प्रमाण देखाउनुपर्ने व्यवस्था छ ।

अस्ट्रेलियाको पर्यटक भिसा शुल्क करिब २४ हजार नेपाली रुपैयाँ पर्छ । त्यस्तै, विद्यार्थी भिसाको शुल्क करिब २ लाख ४० हजार नेपाली रुपैयाँ रहेको छ । वास्तविक शुल्क आवेदनको प्रकार र अन्य सेवाअनुसार फरक पर्न सक्छ ।यसैबीच, अक्टोबर २६ देखि भारतमा अस्ट्रेलियाली भिसा आवेदन प्रक्रियाअन्तर्गत जैविक पहिचान जाँचको दायरा पनि विस्तार गरिएको छ । नयाँ नियमसँगै पर्यटक भिसामा अस्ट्रेलिया जाने नेपालीले पनि आफ्नो भ्रमणको उद्देश्य, बसाइ अवधि र आर्थिक अवस्थाबारे स्पष्ट विवरणसहित आवेदन दिनुपर्नेछ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports