२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

यस्तो छ डा. गोविन्द केसी र सरकार बीच भएको ६ बुदेँ सहमती

351
shares

काठमाडौं । सरकार र अनशनरत डा. गोविन्द केसीबीच ६ बुदेँ सहमति भएको छ । सहमतिसँगै शनिबार राति डा. केसीले आफ्नो २५औँ सत्याग्रह अन्त्य गरेका छन् ।

पटकपटकको छलफलपछि शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शनिबार राति नै त्रिवि शिक्षण अस्पताल पुगेर सहमति गरी अनशन तोडाएका हुन् ।डा. केसीको अनशन तोडिएसँगै मन्त्री पोखरेलले अब यो नै डा. केसीको अन्तिम अनशन हुने बताए । उनले भने, “डा. केसीको यो अन्तिम अनशन हो । उहाँसँग भएका सहमतिअनुसार कार्यन्वयन प्रक्रिया अघि बढ्छ ।”

डा. गोविन्द केसी र सरकारबीच भएको सहमतिमा डा. केसी, शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल, प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार प्रा. डा. जगदीश अग्रवाल, सांसद् पुकार बम र नेपाल मेडिकल एसोसियसनका अध्यक्ष डा. बद्री रिजालले हस्ताक्षर गरेका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports