२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सर्वोच्च अदालतका लागि सिफारिस भएका चार जना प्रस्तावित न्यायाधीशको संसदीय सुनुवाइ सकियो

390
shares

काठमाडौं । सर्वोच्च अदालतका लागि सिफारिस भएका चार जना प्रस्तावित न्यायाधीशको संसदीय सुनुवाइ सकिएको छ ।

शनिबार सिंहदरबारस्थित संसदीय सुनुवाइ समितिमा २ जनाको सुनुवाइ भएको छ । यसअघि शुक्रबार दुई जनाको सुनुवाइ भएको थियो ।न्यायपरिषद्ले उच्च अदालतका मुख्य न्यायाधीशहरू चन्द्रबहादुर सारु, जनक पाण्डे, गोकर्ण डाँगी र डा. रत्नबहादुर बागचन्दलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको थियो । सबैभन्दा पछिल्लो सुनुवाइ गोकर्ण डाँगीको भएको थियो । आजै जनक पाण्डेको पनि सुनुवाइ भएको थियो । सारु र बागचन्दको भने बिहीबार नै सुनुवाइ भएको हो ।

सुनुवाइपछि अनुमोदन गर्ने वा नगर्ने निर्णय भने भइसकेको छैन । समितिले यसबारे आन्तरिक छलफल गरिरहेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports