२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सर्बोच्च अदालतका लागि प्रस्तावित चारै जना न्यायाधिसको नाम अनुमोदन

351
shares

काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका चारै जनाको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको छ ।

शनिबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका चन्द्रबहादुर सारु, जनक पाण्डे, गोकर्ण डाँगी र डा.रत्नबहादुर बागचन्दको नाम अनुमोदन गर्ने निर्णय गरेको समितिका सभापति बोधनारायण श्रेष्ठले जानकारी दिए।न्यायपरिषद्ले उच्च अदालतका मुख्य न्यायाधीश रहेका उनीहरूलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको थियो ।

चारै जनाको संसदीय सुनुवाइ प्रक्रिया आजै सम्पन्न भएको थियो । सुनुवाइका क्रममा प्रस्तावित न्यायाधीशहरूसँग सांसदहरूले विभिन्न प्रश्न गरेका थिए ।सुनुवाइ प्रक्रिया पूरा भएपछि समितिले उनीहरूको नाम अनुमोदन गरेको हो । अब राष्ट्रपतिले नियुक्त गर्नेछन् ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports