सामूहिक गिरफ्तारीको माग गर्दै नेपाल पत्रकार महासंघले गर्यो धर्ना कार्यक्रम
वि.सं.२०८३ मंसिर ९ बुधवार १३:३५
shares

काठमाडौँ । नेपाल पत्रकार महासङ्घले पत्रकारहरूको सामूहिक गिरफ्तारीको माग गर्दै धर्ना कार्यक्रम आयोजना गरेको छ। बुधबार काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा धर्ना कार्यक्रम आयोजना गरिएकाे हाे ।
‘पत्रकारलाई पटक पटक होइन, एकै पटक सामूहिक गिरफ्तार गर’ भन्ने नारासहित महासङ्घले बिहान ९ बजे जिल्ला प्रशासन कार्यालय ललितपुर, १० बजे जिल्ला प्रशासन कार्यालय भक्तपुर र ११ बजे बबरमहलस्थित सडक विभाग अगाडि धर्ना दिएको हो।




































