विभिन्न समयमा नेपालका प्रधानमन्त्रीहरुले दक्षिणी छिमेकी मुलुक भारतको राजकीय भ्रमणमा गएका थिए ।...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपाल आयल निगमको ग्यास उद्योगहरूलाई आयातदेखि बजार वितरणसम्मका सबै चरण पूर्ण क्षमतामा सञ्चालन गर्न निर्देशन

624
shares

काठमाडौं । उपभोक्तालाई खाना पकाउने एलपी ग्यास सहज र नियमित आपूर्ति सुनिश्चित गर्न नेपाल आयल निगमले ग्यास उद्योगहरूलाई आयातदेखि बजार वितरणसम्मका सबै चरण पूर्ण क्षमतामा सञ्चालन गर्न निर्देशन दिएको छ ।

निगमको एलपी ग्यास तथा एभिएसन विभागले परिपत्र जारी गर्दै देशभरि ग्यास आपूर्ति व्यवस्था थप सहज, नियमित र प्रभावकारी बनाउन उद्योगहरूलाई आग्रह गरेको हो ।निगमले बजार माग अनुसार एलपी ग्यास आयात अधिकतम बढाउन, भन्सारमा रहेका ग्यास बुलेट समयमै छुटाइ आपूर्ति प्रणालीमा ल्याउन र उद्योगहरूको भण्डारण क्षमताको पूर्ण उपयोग गरी पर्याप्त मौज्दात राख्न निर्देशन दिएको छ ।

त्यस्तै ग्यास विक्रेता र बजारमा रहेका सिलिन्डरहरू पूर्ण क्षमतामा भरी उपभोक्तासम्म नियमित आपूर्ति सुनिश्चित गर्नसमेत उद्योगहरूलाई भनिएको छ ।यस पहल अन्तर्गत ग्यास आपूर्ति व्यवस्थाका तीन वटै महत्त्वपूर्ण पक्ष आयात वृद्धि, भण्डारण व्यवस्थापन र बजार वितरण सहजता एकीकृत रूपमा परिचालन गरिने निगमले जनाएको छ ।

आपूर्ति शृङ्खलामा कुनै अवरोध आउन नदिई आम नागरिकलाई नियमित र सहज ग्यास उपलब्ध गराउनु सरकारको प्राथमिकता रहेको उल्लेख गर्दै आयात, भण्डारण र वितरणबीचको प्रभावकारी समन्वयले बजार व्यवस्थापन थप व्यवस्थित हुने अपेक्षा गरिएको छ ।यसैबीच निगमले उपभोक्तालाई आवश्यकता अनुसार मात्र ग्यास खरिद गर्न, अनावश्यक रूपमा सिलिन्डर सञ्चिति नगर्न तथा बजारमा कृत्रिम अभाव सिर्जना गर्ने खालका गतिविधिमा संलग्न नहुन अनुरोध गरेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports