विभिन्न समयमा नेपालका प्रधानमन्त्रीहरुले दक्षिणी छिमेकी मुलुक भारतको राजकीय भ्रमणमा गएका थिए ।...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

साउदीको तेल प्रशोधन केन्द्रमा भएको हमलामा १ नेपालीको निधन

507
shares

साउदी अरबमा भएको हमलामा परी एक नेपाली कामदारको मृत्यु भएको छ।

बिहीबार साउदीको जिजान सहरमा रहेको तेल प्रशोधन केन्द्रमा हवाई हमला हुँदा त्यहाँ कार्यरत एक नेपालीको मृत्यु भएको साउदीको ऊर्जा मन्त्रालयलाई उद्धृत गर्दै कतारी मिडिया अल जजिराले समाचार लेखेको छ।आक्रमण थुप्रै कामदारहरू घाइते भएको पनि अल जजिराले जनाएको छ।

साउदीको ऊर्जा मन्त्रालयले घटनापछि विज्ञप्ती जारी गरेको थियो। मन्त्रालयका अनुसार रेड सीको तटमा हवाई हमला भएको थियो।हमलापछि तेल प्रशोधन केन्द्रमा आगलागी भएको थियो। मृत्यु हुने कामदारको पहिचान भने खुलाएको छैन।मन्त्रालयले हमला इरान समर्थित हुथी विद्रोहीले गरेको आरोप लगाएको छ।आक्रमण हुनुअघि साउदी नागरिक सुरक्षा निकायले जिजान प्रान्तमा सम्भावित खतराबारे सूचना जारी गरेको अल जजिराले जनाएको छ।

हुथी विद्रोहीले एक दिनअघि पनि साउदी अरबका महत्वपूर्ण तेल केन्द्र र बन्दरगाहलाई लक्षित गरी आक्रमण गरेको दाबी गरेका थिए।उनीहरूले साउदीको सबैभन्दा ठूलो तेल प्रशोधन केन्द्र रास तनुरा तथा रेड सी तटमा रहेका जेद्दा र जिजान बन्दरगाहलाई निशाना बनाएको बताएका थिए।पछिल्लो समय साउदी अरब र यमनका हुथी विद्रोहीबीचको द्वन्द्व चर्किएको छ।

यमनमा सन् २०१५ देखि हुथीविरुद्ध साउदी नेतृत्वको गठबन्धनले सैन्य कारबाही गर्दै आएको छ।यसैबीच, साउदी समर्थित यमनको सरकारी सेनाले बिहीबार हुथी विद्रोहीका अखडालाई लक्षित गरी ७६७ वटा आक्रमण गरेको दाबी गरेको छ।सरकारी सेनाका प्रवक्ता माजेद अब्दुल्लाह अल-नुजाइलीले सामाजिक सञ्जाल एक्समा लेख्दै ती आक्रमणमा ११७ हुथी लडाकु मारिएको र ८७ वटा सवारीसाधन तथा सैन्य सामग्री नष्ट भएको दाबी गरेका छन्।उनका अनुसार सरकारी सेनाले मारिब, अल-जौफ, ताइज, लहिज, शब्वा र हज्जा प्रान्तका विभिन्न मोर्चामा हुथी विद्रोहीसँग लडिरहेको छ।

यसअघि बिहीबार यमनको हुथी विद्रोहीको नियन्त्रणमा रहेको राजधानी सानामा पनि हवाई आक्रमण भएको थियो।यमनमा जारी द्वन्द्वले सर्वसाधारणको मानवीय अवस्था झन् कठिन बनाएको छ। विश्व स्वास्थ्य संगठनका अनुसार अगस्टदेखि यमनमा द्वन्द्व चर्किएयता २ हजार ३६१ जनाको मृत्यु भएको छ भने १० हजार ९८२ जना घाइते भएका छन्।

संयुक्त राष्ट्रसंघका अनुसार यही अवधिमा ३ लाख ६० हजारभन्दा बढी मानिस घर छाड्न बाध्य भएका छन्।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports