kumari
stcnepal

बीमा समितले नेपाल लाइफको लाभांश स्वीकृत

बीमा समितले नेपाल लाइफको लाभांश स्वीकृत गरेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७६/७७ को मुनाफा बाट १४ प्रतिशत बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.७३ प्रतिशत नगद लाभांश वितरणका लागि स्वीकृतिको लागि समितिमा पेश गरेको थियो ।

बीमा समितिले लाभांश स्वीकृत गरे सँगै कम्पनीलाई साधारणसभा बोलाउने बाटो खुला भएको छ । कम्पनीले यस आर्थिक वर्षमा एक अर्ब १४ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । सोहि मुनाफा बाट कम्पनीले जम्मा एक अर्ब ६ करोड १० लाख रुपैयाँ वितरण गर्नेछ ।  प्रस्तावित बोनस शेयर पछि ८ अर्ब २० करोड रुपैयाँ पुग्नेछ । बीमा समितिले जीवन बीमा कम्पनीको न्युनतम चुक्ता पूँजी २ अर्ब तोके पनि नेपाल लाइफको ७ अर्ब १९ करोड रुपैयाँ छ ।

कम्पनीले केहि दिन भित्रै साधारण सभाको मिति तय गर्नेछ । प्रस्तावित लाभांश साधारण सभा बाट पारित भए पछि बल्ल शेयरधनीले पाउने छन् ।

 

 

footer