प्रधानमन्त्री बालेन र सभापति रवि बिच भारत भ्रमणअघि सिंहदरबारमा २ घण्टा भेटवार्ता
वि.सं.२०८३ मंसिर ४ शुक्रवार १९:१३
shares

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई आफ्नो भारत भ्रमणबारे जानकारी गराएका छन् ।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा शुक्रबार प्रधानमन्त्री शाह र सभापति लामिछानेबिच करिब दुई घण्टा भेटवार्ता भएको प्रधानमन्त्रीका प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।खरेलका अनुसार प्रधानमन्त्री शाहले भारतको दुई दिने राजकीय भ्रमणका क्रममा तय भएको कार्यसूची, भ्रमण तालिका तथा त्यस क्रममा हुन सक्ने सहमतिका विषयमा सभापति लामिछानेलाई जानकारी गराएका थिए ।
‘प्रधानमन्त्रीज्यूले बिहान फोन गर्नुभएको थियो । सभापतिज्यूले म निर्वाचन आयोगमा छु, छलफल सकिएपछि सिंहदरबार आउँछु भन्नुभएको थियो । मन्त्रिपरिषद् बैठकलगत्तै प्रधानमन्त्रीसँग भेटवार्ता भयो । भेटका क्रममा प्रधानमन्त्रीले भ्रमणबारे जानकारी गराउनुभयो । भ्रमणको कार्यसूची, तालिका र त्यस क्रममा हुनसक्ने सहमतिका बारेमा सभापति लामिछानेलाई जानकारी गराउनुभयो,’ खरेलले भने ।
भ्रमणका क्रममा आपसी सहयोग र सहकार्यका विभिन्न विषयमा छलफल तथा सहमति गर्दा देशको हित र आवश्यकतालाई प्राथमिकतामा राख्न सभापति लामिछानेले सुझाव दिएको खरेलले बताए ।सभापति लामिछानेले प्रधानमन्त्रीको भारत भ्रमण सफल होस् भन्दै देशको हित अनुकूल हुने गरी आवश्यक सहमति र सहकार्य अघि बढाउन सुझाव दिएका थिए ।
सभापतिको सुझावपछि प्रधानमन्त्री शाहले सरकारले देशको हित अनुकूल हुने गरी नै भ्रमणको कार्यसूची तयार गरेको जवाफ दिएका थिए ।





































