kumari
stcnepal

नेप्से परिसूचक २३ अंकले घट्यो

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक २३ दशमलव ९५ अंकले घटेर २,५४४ दशमलव ३० को विन्दुमा कायम भएको छ । आज २८ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १६४ वटा कम्पनीको शेयर मुल्य घटेको छ । आज ट्रेडिङ बाहेक सबै उपसूचक घटेका छन् ।

आज दिनभरिमा २२८ वटा कम्पनीको ३७ करोड ८७ लाख ०४५ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ८९ करोड १ लाख ६४ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै इमर्जिङ नेपालको शेयर कारोबार भएको छ । कम्पनीको ९ करोड २३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य १२ सय २४ रुपैयाँ रहेको छ ।

त्यस्तै, एभरेष्ट इन्स्योरेन्स कम्पनीको ८ करोड ९५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नागरिक लगानी कोषको ७ करोड १५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नविल बैंकको ६ करोड ३० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

 

 

 

footer