२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनलाई हाइज्याक गर्नेहरुले नै भाद्र २४...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

शान्ति स्थापनार्थ कंगोमा खटिएका एक नेपाली सैनिकको विद्रोहीको आक्रमण बाट निधन

949
shares

काठमाडौं । शान्ति स्थापनार्थ कंगोमा खटिएका एक जना नेपाली सैनिकको विद्रोहीको आक्रमण बाट मृत्यु भएको छ । अपरेसन ‘बाली’को दौरान प्रमुख सेनानी निकिल कुँवरको कमाण्डमा खटिएको नेपाली शान्ति सेनाको टोलीमाथि मंगलबार विद्रोही मिलिसियाले आक्रमण गरेका थिए ।

आक्रमण बाट एक जना नेपाली सेनाको मृत्यु भएको संयुक्त राष्ट्रसंघले पुष्टि गरेको छ ।मृत्यु हुनेमा सुर्खेतको गुर्भाकोट–१४ घर भएका सिपाही अनिल गुरुङ रहेको नेपाली सेनाको जनसम्पर्क निर्देशनालयले जनाएको छ । संयुक्त राष्ट्रसंघका महासचिवले शोक विज्ञप्ति जारी गरी मृतक नेपाली सैनिक प्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । साथै शान्ति सेना माथि गरिएको आक्रमणको निन्दा गरेका छन् ।

नेपाली सेनाको मुख्यालयका अनुसार कर्डन एण्ड सर्चको कारबाही सञ्चालन गरी विद्रोहीको स्थान कब्जा गरिसकेको अवस्थामा अज्ञात स्थल बाट आक्रमण भएको थियो । आक्रमण बाट घाइते सैनिकलाई हेलिकप्टर बाट उद्धार गरी बुनियाँस्थित लेबल–२ अस्पतालमा उपचार गर्न लगिएको थियो । गुरुङको निधनमा नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले यो घटनाले नेपाली सेनालाई स्तब्ध बनाएको भन्दै परिवारजनमा समवेदना प्रकट गरेका छन् । गुरुङको बलिदानीपूर्ण योगदानको उनले उच्च सम्मान प्रकट पनि गरेका छन् ।

संयुक्त राष्ट्रसंघबाट जारी विज्ञप्तिमा मृतक शान्ति सैनिकका परिवारका साथै नेपाल सरकार र नेपाली जनताप्रति समवेदना प्रकट गरिएको छ । साथै शान्ति सैनिकहरु माथि आक्रमण गर्नु युद्ध अपराध हुने भन्दै राष्ट्र संघले यस घटनाको छानबिन गरी दोषिलाई कानुनी कठघरामा ल्याउन कंगोका अधिकारीहरुलाई आग्रह गरेको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports