तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एमाले प्रबेश गरेका डल्लाकोटी माओवादीको कब्जामा

520
shares

काठमाडौँ । नेकपा (एमाले)मा प्रवेश गरेका बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष पित्त बहादुर डल्लाकोटी (हरि) लाई नेकपा माओवादी केन्द्रले कब्जामा लिएको खुलेको छ ।

माओवादी बाट निर्वाचित डल्लाकोटी सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेर एमालेमा प्रवेश गरेका थिए । उनलाई माओवादी (केन्द्र)कै नेताहरुको संलग्नतामा कब्जा गरिएको बताइएको छ । उनी माओवादीमै फर्किएको विज्ञप्ति आए पनि उनलाई माओवादीका धादिङका नेताहरुले कब्जामा लिएर जबरजस्ती विज्ञप्ति निकाल्न लगाएको बताइएको छ ।

उनी हाल सम्पर्क विहीन छन् । सोमबार एमाले प्रवेश गर्ने क्रममा पनि उनलाई माओवादी अध्यक्ष प्रचण्ड देखि नेता सालिकराम जमरकट्टेल सम्म बाट पटक पटक धम्की आइरहेको थियो ।काठमाडौँ बाट फर्के लगत्तै उनलाई माओवादीका नेताहरुले कब्जामा लिएको बताइएको छ । उनको हाल मोबाइल पनि स्वीच अफ रहेको छ । उनी मंगलबार विहान १० बजे सम्म एमाले धादिङका अध्यक्ष भूमि त्रिपाठी सँग सम्पर्कमा रहेका थिए । तर त्यस यता उनी सम्पर्क विहीन छन् । आज विहान त्रिपाठी सँग कुरा हुँदा एमालेमै रहेर अब कार्य गर्ने बताएका थिए ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports