२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनलाई हाइज्याक गर्नेहरुले नै भाद्र २४...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

२ दिन लगातार घटेको सुनको मूल्य आज बुधवार प्रतितोला २८०० ले बढ्यो

182
shares

दुई दिनमा तोलामा ८ हजार ८ सय रुपैयाँ घटेको सुनको भाउ आज बढेको छ।

सुनको भाउ आज तोलामा २ हजार ८ सय रुपैयाँ बढेर २ लाख ९३ हजार ३ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यववसायी महासंघले जनाएको छ।सोमबार तोलामा ५ हजार घटेको सुनको भाउ हिजो पनि तोलामा ३ हजार ८ सय रुपैयाँ घटेको थियो।

मंगलबार सुनको भाउ २ लाख ९० हजार ५ सय रुपैयाँ थियो।त्यसैगरी आज चाँदीको मूल्य पनि पनि बढेको छ। तोलामा ३० रुपैयाँ बढेर चाँदीको भाउ आज ४ हजार ४ सय २५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

हिजो तोलामा २ सय ६० रुपैयाँ घटेर चाँदीको भाउ आज ४ हजार ३ सय ९५ रुपैयाँमा झरेको थियो। त्यसअघि सोमबार पनि चाँदीको भाउ तोलामा १ सय ४५ रुपैयाँ घटेको थियो।गएको माघ १५ गते सुनको भाउ तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।

त्यसैगरि गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो।गएको माघ १५ गते चाँदीको भाउ तोलाको सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै सबैभन्दा बढी हो।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports