नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपाल दूरसञ्चार प्राधिकरणले सिमकार्ड बिक्री वितरणमा कडाइ गर्ने

546
shares

 

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवाको सिमकार्ड तथा रिमकार्ड बिक्री वितरणमा कडाइ गर्न सेवा प्रदायक कम्पनीलाई निर्देशन दिएको छ । प्राधिकरणले आज बिहीवार सूचना जारी गरी निर्देशन दिएको हो ।

सेवा प्रदायक कम्पनीले सिमकार्ड बिक्रीवितरण गर्दा भर्नुपर्ने फारम रीतपूर्वक नभराएको तथा कागजात रुजु नगरी सिमकार्ड बिक्री वितरण गरेको भन्ने गुनासो आएकाले प्राधिकरणले अबदेखि प्रक्रिया पूरा गरेर मात्र बिक्री वितरण भनेको हो ।

‘मोबाइल सेवा प्रदायकका सिमकार्ड/रिमकार्ड बिक्री वितरण गर्दा ग्राहकले भर्नुपर्ने फारम (केवाइसी) रीतपूर्वक नभरी र नियमानुसार कागजात रुजु नगरी सेवा प्रदायकबाट सिमकार्ड÷रिमकार्ड बिक्री वितरण भइरहेको भन्ने बुझिन आएको छ‚’ सूचनामा उल्लेख छ‚ ‘मोबाइल सेवा प्रदायकले प्राधिकरणले दिएको निर्देशन र नियमानुसार ग्राहकलाई रीतपूर्वक फारम भर्न लगाइ र विवरण रुजु गरेर मात्र सिमकार्ड÷रिमकार्ड बिक्री वितरण गर्नुहुन अनुरोध छ ।’

यस्तै‚ ग्राहकलाई पनि आफ्नो वास्तविक विवरणको आधारमा मात्र सिमकार्ड÷रिमकार्ड खरिद गर्न प्राधिकरणले आग्रह गरेको छ । निर्देशन बमोजिम सिमकार्ड तथा रिमकार्ड खरिद बिक्री नभएको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने प्राधिकरणले जनाएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports