गत फागुन २१ गते सम्पन्न भएको संघीय संसद प्रतिनिधिसभाको निर्वाचनमा झण्डै दुई तिहाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एमाले पछि सत्तारुढ गठबन्धन पनि निर्वाचन आयोग सँग असन्तुष्ट

481
shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निर्वाचन आयोगको पछिल्ला केही निर्णय माथि निरन्तर प्रश्न उठाइरहेको छ । मतपत्रमा चुनाव चिह्नको रंग हरियो राख्ने देखि मनोनयन दर्ताका लागि दुई दिन दिने निर्णयमा एमालेको आपत्ति छ । सत्तारुढ दलहरु पनि आयोग प्रति असन्तुष्ट देखिएका छन् । मनोनयन दर्ताका लागि दुई दिन दिने देखि उम्मेदवार टुंगो नलाग्दै मतपत्र छाप्ने आयोगको निर्णणमा सत्तारुढ गठबन्धनको असन्तुष्टि छ । सत्तारुढ दलहरुको निर्वाचन परिचालन तथा अनुगमन समितिको बुधबारको बैठकमा पनि नेताहरुले असन्तुष्टि पोखेका हुन् ।

एक नेताका अनुसार बैठकमा जनता समाजवादी पार्टी (जसपा) की रेणु यादवले ११ र १२ गते मनोनयन दर्ता गर्ने आयोगको निर्णयमा प्रश्न उठाएकी थिइन् । नेकपा एमालेलाई सहयोग पुग्ने गरी दुई दिन मनोनयन दर्ता गर्ने व्यवस्था गरिएको उनको आरोप छ । नेताहरुले एमालेले पनि त्यही अरोप लगाएको छ त भनेर प्रतिप्रश्न गरेका थिए । तर यादवले भने दुई दिन मनोनयनको समय दिँदा एउटा दलको मान्छे अर्को दलमा पुग्ने र गठबन्धन अस्तव्यस्त हुने बताएकी थिइन् ।एकीकृत समाजवादीका महासचिव वेदुराम भुसाल पनि यो संसरमा कहिँ नभएको काम निर्वाचन आयोगले गरेको बताउँछन् । भन्छन्, मनोनयन पनि कहिँ दुई दिन हुन्छ त ? त्यसो हो भने मतदान पनि दुई दिन गरे भयो नि !’

एमालेले त गठबन्धनलाई मद्दत पुग्ने गरी आयोगले निर्णय ग¥यो भनेको छ नि भन्ने प्रश्नमा उनले भने, ‘यो कसलाई सजिलो र असजिलो विषय होइन । नियम कानुन अनुसार गरेको छ कि छैन भन्ने हो । यो बेठीक हो भन्ने हाम्रो कुरा हो, बेठीक भएपछि सच्याउनुपर्छ ।’ नेताहरुले प्रमुख र उपप्रमुख मध्ये एक पदमा मात्र उम्मेदवारी दिँदा महिला हुनुपर्ने र उम्मेदवार टुंगो नलाग्दै मतपत्र छाप्ने निर्णयको पनि विरोध गरेका छन् । स्थानीय तहको प्रमुख र उपप्रमुख मध्ये एक मात्र पदमा उम्मेदवारी दिए महिला हुनुपर्ने आयोगको निर्णय पनि कानुन विपरीत भएको भन्दै उनले भने, ‘हाम्रो निर्वाचन आयोग कस्तो भयो भने न यसले सविधान मान्छ, न कानुन मान्छ ।’

उम्मेदवार पनि नभएको चिह्नलाई राखेर मत पत्र छाप्नु पनि गलत भएको सत्तारुढ दलहरुको भनाइ छ । सत्तारुढ दलहरु चुनावी तालमेलको प्रयासमा छन्, तर आयोगले सबै दलको चुनाव चिह्न राखेर मतपत्र छपाइ थालिसकेको छ । यसमा पनि सत्तारुढ दलहरु आयोग सँग असन्तुष्ट देखिएका छन् । यस बारे निर्वाचन आयोगको ध्यानाकर्षण गराउनुपर्नेमा गठबन्धन पुगेको एक नेताले बताए ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports