linktrix Long Ad
Salt Trading Long Ad

लोसपामा प्रवेश गरे लुम्बिनीका मेयर चौधरी

1.74K
shares

बुटवल । लुम्बिनी साँस्कृतिक नगरपालिकाका नगर प्रमुख मनमोहन चौधरी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मा प्रवेश गरेका छन् ।

अघिल्लो चुनावमा स्वतन्त्र बाट उम्मेदवारी दिएर जितेका चौधरी तत्कालीन राजपामा थिए । राजपाले स्थानीय चुनाव बहिस्कार गरेका कारण उनी स्वतन्त्र लडेका थिए । पछिल्लो समय उनी जनता समाजवादी पार्टीमा थिए । चौधरीलाई शनिबार काठमाडौंमा लोसपाका नेताहरु राजेन्द्र महतो, महन्त ठाकुर लगायतले पार्टीमा प्रवेश गराएका हुन् ।

उनी आसन्न स्थानीय तहको चुनावमा पुनः मेयर पदमा उम्मेदवारी दिने तयारीमा छन् । पार्टी प्रवेश संगै उनलाई लोसपाले टिकट समेत दिएको छ ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports