कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक फेरि सर्यो, दिउँसो ३ बजे बस्ने
वि.सं.२०७९ वैशाख १० शनिवार १४:०७
shares

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक फेरि सरेको छ । आज बिहान ११ बजेका लागि तय भएको बैठक दिउँसो ३ बजेलाई सारिएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
कार्यसम्पादन समितिको बैठक शुक्रबारका पनि बोलाइएको थियो । तर, पदाधिकारीको बैठक लम्बिएपछि शुक्रबार बैठक बस्न सकेन । आज पनि शीर्ष नेताहरूको छलफलका कारण ११ बजेको बैठक ३ बजे सारिएको हो । आजको बैठकले महानगर र उपमहानगरपालिकाको मेयर र उपमेयरको उम्मेदवारको टुंगो लगाउनेछ ।






































