linktrix Long Ad
Salt Trading Long Ad

माधव नेपालको पाँच दलीय गठबन्धन बीच जिल्ला तहमा भएको भागबण्डामा असन्तुष्टि

663
shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धन बीच जिल्ला तहमा भइरहेको स्थानीय तहको सिट बाँडफाँट प्रति असन्तुष्टि जनाएका छन् ।

अध्यक्ष नेपालले २०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेले जितेको ठाउँमा आफ्नो पार्टीको पहिलो हक लाग्ने सहमति भएपनि सोही अनुसार जिल्ला तहको सिट बाँडफाँट नभएको भन्दै असन्तुष्टि जनाएका हुन् । नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले भागवण्डाको जिल्ला तहको रिपोर्टले आफूहरुलाई उत्साही नबनाएको धारणा राखे ।

महानगरपालिका र उपमहानगरपालिकाको पदहरुको सिट बाँडफाँटले आफूहरु उत्साही भएपनि जिल्लाहरुको रिपोर्टले भने आशावादी नबनाएको अध्यक्ष नेपालको भनाइ थियो । ‘पाँच दलीय गठबन्धन बीच महानगरपालिका र उपमहानगरपालिकामा गरिएको पदहरुको बाँडफाँट उत्साहवद्र्धक थियो । र यसले राम्रो सन्देश पनि दिएको छ । तर विभिन्न जिल्लाको रिपोर्ट सुन्दा खेरी त्यति आशावादी/उत्साही हुने स्थिति छैन’ उनले भने ।

अध्यक्ष नेपालले स्थानीय तह निर्वाचनमा मनोनयनकै बेला विद्रोही उम्मेदवार उठाएर आफ्नो पार्टीलाई हराउने षड्यन्त्र एमालेले गरिरहेको आरोप पनि लगाए । नेता नेपालले केन्द्र सरकार, प्रदेश सरकार बाट हटेको र राष्ट्रियसभा निर्वाचन बाट पछारिएको एमालेले पहिलो शक्ति भएको दाबी गर्न नसुहाउने पनि बताए ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports