kumari
stcnepal

साताको अन्तिम कारोबार दिन सेयर बजार १५.८२ अंकले घट्यो

काठमाडौं ।साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार १५.८२ अंकले घटेको छ । पहिलो पटक शुक्रबार सेयर बजार कारोबार भएको हो । बजार २२३५.०९ बिन्दुमा आएर रोकिएको छ ।

शुक्रबार कुल २२३ कम्पनीको १९ हजार १०९ पटक कारोबार बाट २५ लाख २४ हजार २६८ कित्ता सेयर किनबेच भएको छ । शुक्रबार कारोबार रकम भने मात्र ९३ करोड २२ लाख ६ हजार ८४ रुपैयाँ बराबरको मात्र भएको छ ।

म्युचअल फन्ड बाहेक शुक्रबार सबै उपसमूहको नेप्से परिसूचक ओरालो लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा व्यापार र अन्य उपसमूहका लगानीकर्ता छन् । घटेको बजारमा समेत सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताको भने प्रतिकित्ता ३९ रुपैयाँका दरले मूल्य बढ्यो ।

 

 

footer