विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

मोरङको जिसस प्रमुख र उपप्रमुखमा राई र ठाकुरलाई उम्मेदवार बनाउने एमालेको निर्णय

559
shares

विराटनगर ।नेकपा एमालेले जिल्ला समन्वय समिति मोरङको प्रमुख र उपप्रमुख उम्मेदवारको नाम टुङ्गो लगाएको छ । शुक्रबार बसेको बैठकले प्रमुख अजम्बर राई र उपप्रमुख उषा झा ठाकुरलाई बनाउने निर्णय गरेको जिल्ला सचिव रुपेश खतिवडाले जानकारी दिए ।

सुन्दरहरैचा नगरपालिकाका बासिन्दा राई नेकपा एमाले प्रदेश १ कमिटी सदस्य हुन् । रंगेली नगरपालिकाकी ठाकुर अनेमसंघमा आवद्ध छिन् । जिल्ला समन्वय समिति मोरङमा नेकपा एमालेको एकल बहुमत छ । दुवै जना स्वत निर्वाचित हुनेछन् । १७ वटा पालिका रहेको मोरङका ३४ प्रमुख उपप्रमुख मतदाता छन् ।

नेकपा एमाले बाट मात्रै २१ जना प्रमुख उपप्रमुख छन् । बहुमतका लागि १८ मत आवश्यक पर्छ । नेपाली कांग्रेस बाट १२ प्रमुख उपप्रमुख र माओवादी केन्द्रका एक जना उपप्रमुख छन् । राई र ठाकुर निर्वाचित जनप्रतिनिधि होइनन् । उनीहरुलाई पालिकाको कार्यपालिका निर्वाचन मार्फत ल्याउने एमालेको तयारी छ ।

बैठकले निर्वाचित जनप्रतिनिधिहरुका लागि निर्देशिका पनि जारी गरेको सचिव खतिवडाले बताए । बैठकले जनप्रतिनिधिलाई प्रशिक्षण दिनका लागि जेठ २२ गते विराटनगर बोलाउने निर्णय पनि गरेको छ ।

सचिव खतिवडाका अनुसार केन्द्रीय अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलको उपस्थितिमा मतदातालाई धन्यवाद दिने कार्याक्रम आयोजना गर्ने निर्णय भएपनि मिति भने तय भएको छैन ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports