प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पूर्वराजा ज्ञानेन्द्र शाहलाई मर्यादा क्रममा छैठौं स्थान

585
shares

काठमाडौं। सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहलाई मर्यादा क्रममा छैठौं स्थानमा राख्ने भएको छ। पूर्व राष्ट्र प्रमुखको हैसियतमा शेरबहादुर देउवा नेतृत्वको सरकारले पूर्वराजालाई सेवा सुविधा पनि दिने भएको हो। उच्च स्रोतका अनुसार यो हैसियत बालवाला उपप्रधानमन्त्री सरह हो भने पूर्वराष्ट्रपति सरह पनि हो।

मर्यादाक्रमको पहिलो नम्बरमा राष्ट्रपति, दोस्रोमा उपराष्ट्रपति, तेस्रोमा प्रधानमन्त्री, चौथोमा प्रधानन्यायाधीश र पाँचौँमा प्रतिनिधिसभाका सभामुख तथा राष्ट्रियसभाका अध्यक्षलाई समान गरिएको छ। छैटौँमा पूर्वराष्ट्रपति, पूर्वराजासहित, उप्रधानमन्त्री, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष र प्रदेश प्रमुख रहने व्यवस्था गर्न लागिएको हो।

मर्यादाक्रमको सातौँ नम्बरमा संघीय मन्त्री, प्रदेश सरकारका मुख्यमन्त्री, प्रदेश प्रमुख, विपक्षी दलका नेता, नेपाल रत्न मानपदवी पाउने महानुभावहरू, पूर्वप्रधानन्यायाधीश, संविधानसभाका अध्यक्ष, प्रतिनिधिसभाका उपसभामुख, राष्ट्रियसभाका उपाध्यक्ष, सत्तापक्षको संसदीय दलको उपनेता, प्रतिनिधिसभाका पूर्वसभामुख, राष्ट्रियसभाका पूर्वअध्यक्ष र पूर्वउपप्रधानमन्त्री रहनेछन्।

७ चैतमा नै यो मर्यादाक्रम तय गरिएको थियो। गृहमन्त्री बालकृष्ण खाँणले २० पुसमा मर्यादाक्रम तोक्न पाँच सदस्यीय समिति गठन गरेका थिए। गृह मन्त्रालयका सहसचिव शिवराम पोखरेल संयोजकत्वको समितिले तयार पारेको प्रतिवेदनका आधारमा मर्यादाक्रम तयार पारेर मन्त्रालयमा बुझाइको छ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports