विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेकपा एसका मन्त्रीहरूलाई यस कारण फिर्ता बोलाइयो

637
shares

काठमाडौं। नेकपा एकीकृत समाजवादीले सरकारमा रहेका एक राज्यमन्त्री सहित चार जनालाई फिर्ता बोलाउँदै अन्य ५ जनालाई सिफारिस गरेको छ। जसको शपथ ग्रहण सोमबार हुने बताइएको छ।

सरकारमा रहेका आफ्ना मन्त्री फिर्ता गर्नका लागि समाजवादीको सचिवालयमा दबाब परेको थियो। कामको विषयमा खास लेखाजोखा गरेर नै मन्त्री फिर्ता बोलाउने निर्णयमा पार्टी पुगेको थियो।

यसभित्र पनि मुख्य कारण चाहिँ शहरी विकास मन्त्री रामकुमारी झाँक्री रहेको बताइन्छ। उच्च स्रोतका अनुसार मन्त्री भएको ७ महिना पुग्दा पनि झाँक्रीले पार्टीको निर्देशन अनुसार काम नगरेको, पार्टीलाई मन्त्रालयमा भएका गतिविधि जानकारी नगराएको गुनासो थियो।

झाँक्रीले लेवि समेत नबुझाएको बताइन्छ। त्यसो त फिर्ता भएका झाँक्री सहित विरोध खतिवडा, प्रेम आले, कृष्णकुमार श्रेष्ठ (किसान)लगायतले सम्पत्ति विवरण पनि सार्वजनिक गरेका थिएनन्। उनीहरूले मन्त्रालयमा जिम्मेवारी लिएपछिका गतिविधि पनि जानकारी नगराएका कारण फिर्ता बोलाउनु परेको एकीकृत समाजवादीका एक नेता बताउँछन्।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports