नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एमाले नेता भट्टराई एशिया – युरोप राजनितिक मञ्चको अध्यक्षमा निर्वाचित

481
shares

काठमाडौँ ।नेकपा (एमाले)का स्थायी कमिटी सदस्य तथा परराष्ट्र मामिला विभाग प्रमुख डा. राजन भट्टराई एशिया–युरोप राजनीतिक मञ्च (एशिया-युरोप पोलिटिकल फोरम) को अध्यक्षमा निर्वाचित भएका छन् । एसियाली राजनीतिक दलहरुको अन्तर्राष्ट्रिय सम्मेलन (आइक्याप) को हालै सम्पन्न बैठकबाट भट्टराई आगामी दुई वर्षका लागि मञ्चको अध्यक्ष निर्वाचित भएका हुन् ।

चेक गणतन्त्रको राजधानी परागमा आयोजित आइक्याप स्थायी समितिको बैठकले उक्त मञ्चको अध्यक्षमा भट्टराईलाई निर्वाचित गरेको हो । मञ्चको पाँचौँ बैठक र आइक्याप स्थायी समितिको ४० औँ बैठक आगामी २०२३ को अक्टोबरमा नेपालमा आयोजना गर्ने निर्णय गरिएको छ । डा. भट्टराई नेपालका तर्फ बाट आइक्यापको स्थायी समिति सदस्य छन् ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports