नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

असारमा बाणिज्य बैंकहरुको निक्षेपको ब्याज नबढ्ने, ऋणको बढ्ने

429
shares

काठमाडौं। बाणिज्य बैंकहरुले असारका लागि पुरानै ब्याज दरलाई निरन्तरता दिने भएका छन्। छाता संगठन नेपाल बैंकर्स संघको बैठकले चार महिना देखिको पुरानै ब्याज दरलाई असारमा पनि निरन्तरता दिने निर्णय गरेको हो।

‘आर्थिक बर्षको अन्तिम महिना पनि भएकाले पुरानैलाई निरन्तरता दिने कुरा भएको हो,’ कार्य समितिका एक सदस्यले भने, ‘अर्कोतिर मौद्रिक नीति पनि आउँदैछ। मौद्रिक नीति आएपछि आवश्यक निर्णय गर्ने भनेर पनि यसपाली नचलाउने कुरा भयो।’

अहिले बाणिज्य बैंकहरुले साधारण मुद्दतिमा ११.०३ प्रतिशत ब्याज दिँदै आएका छन् भने संस्थापकलाई १०.०३ र रेमिटेन्सलाई १२.०३ प्रतिशत ब्याज दिँदै आएका छन्। बचत खाता न्यूनतम ब्याज दर साधारण मुद्दतिको भन्दा पाँच प्रतिशत बिन्दु कम तोकिएको छ। बैंकहरुले आगामी महिना लागू हुने ब्याज त्यसअघि अर्थात मसान्तका दिन प्रकाशित गरिसक्नु पर्छ।

निक्षेपको ब्याज नबढेपनि ऋणको भने बृद्धि हुन्छ। नयाँ निक्षेप र नवीकरण हुने निक्षेप पोहोर भन्दा महँगोमा उठाउनु पर्ने भएकाले आधार दर बढेर ऋणको ब्याज भने बृद्धि हुने छ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports