प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

काठमाडौं बाट कल सेन्टर सञ्चालन गरेर अमेरिकामा ठगी गरेको आरोपमा १३ जना पक्राउ

585
shares

काठमाडौं ।नेपालमा कल सेन्टर सञ्चालन गरेर अमेरिकामा ठगी गरेको आरोपमा प्रहरीले १३ जनालाई काठमाडौं बाट पक्राउ गरेको छ । काठमाडौंको सामाखुशीमा अर्बिट नेक्सस प्रालि नाममा कल सेन्टर सञ्चालन गरी अमेरिकामा बस्नेहरुलाई कम्प्युटरमा म्यासेज पठाएर ठगी गरेको आरोपमा २ जना भारतीय नागरिक र ११ जना नेपाली नागरिक गरी १३ जना पक्राउ परेका हुन् ।

उनीहरुले माइक्रोसफ्ट सपोर्ट सेन्टर बाट भन्दै कम्प्युटरमा म्यासेज पठाएर बैंक खाता लगायतका निजी सूचना माग गरेर पैसा ठगी गरेको पाइएको नेपाल प्रहरीको साइबर ब्यूरोका एसएसपी नविन्द अर्यालले जानकारी दिए । पक्राउ पर्नेमा निशान गैरे, मनिष तिवारी, विजय श्रेष्ठ सहित ८ जना पुरुष र ५ जना महिला रहेका छन् ।

उनीहरुलाई साइबर ब्यूरोले पत्रकार सम्मेलन गरेर आइतबार सार्वजनिक गरेको छ । उनीहरुnबाट ९० वटा कारोबार भएको देखिएको र ती सबै ठगी हो वा होइन भन्ने विषयमा अनुसन्धान भइरहेको एसएसपी अर्यालले जानकारी दिए ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports