प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

माधवकुमार नेपाल र गृहमन्त्री खाँण बीच भेटवार्ता ,नागरिकता विधेयक अघि बढाउने विषयमा छलफल

650
shares

काठमाडौं ।नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र गृहमन्त्री बालकृष्ण खाँणबीच आइतबार भेटवार्ता भएको छ । भेटमा संघीय संसदको चालु अधिवेशनमै नागरिकता विधेयक अघि बढाउने विषयमा छलफल भएको गृह मन्त्रालयले जनाएको छ ।

‘नागरिकता विधेयक सदनमा अगाडि बढाउने र दलीय सहमतिमा पास गर्ने प्रयास स्वरुप गृहमन्त्रीज्यूले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सँग भेट गर्नुभएको हो’ उनले भने, ‘कुराकानी सकारात्मक भएको छ ।’ एकीकृत समाजवादी पार्टीको कार्यालय आलोकनगरमा भएको भेटमा गृहसचिव टेकनारायण पाण्डे र गृह मन्त्रालयका कानुन हेर्ने सहसचिव कोमल खत्री पनि सहभागी थिए । त्यस्तै एकीकृत समाजवादी पार्टीका अध्यक्ष नेपाल सँगै सो पार्टीका नेता सोमप्रसाद पाण्डे पनि सहभागी थिए

नागरिकता विधेयकको विषय लिएर गृहमन्त्री खाँणले यसअघि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सँग छलफल गरिसकेका छन् ।नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक राज्य व्यवस्था तथा सुशासन समितिले पास गरेर प्रतिनिधि सभामा पेस गरेको छ । नागरिकतामा नेपाली पुरुष सँग विवाह गरी आउने विदेश महिलालाई दिने अंगिकृत नागरिकता लगायतमा दलहरू बीच सहमति जुट्न सकेको छैन ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports