प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

हिमालयन बैंक र सिभिल बैंक बीच मर्जरमा जाने सहमति जुट्यो

767
shares

काठमाडौं ।हिमालयन बैंक र सिभिल बैंक बीच मर्जरमा जाने सहमति जुटेको छ । केही साता अगाडि ‘नन् डिस्क्लोजर एग्रिमेन्ट’ गरेर डकुमेन्ट आदान प्रदान गरेका दुई बैंक बीच मर्जरमा जाने सहमति भएको हो । सेयर आदन प्रदान अनुपात (स्वाप रेसियो) मा सहमति भएसँगै बैंकको नाम सञ्चालक समिति, कर्मचारी समायोजना लगायतका विषयमा पनि सहमति गरेर जाने तयारी भइरहेको एक बैंकका सञ्चालकले बताए ।

‘स्वाप रेसियोमा सहमति भएको छ, अन्य विषयहरुमा छलफल भइरहेको छ, एक दुई दिन भित्र सबै कुरा मिलाएर प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर गर्ने तयारी गरेका छौं,’ उनले भने, ‘सिभिल बैंकका १०० कित्ता सेयर मर्जरपछि बन्ने बैंकमा ८१ कित्ता अथात् १००ः८१ को स्वापमा मर्जर जाने सहमाति भएको छ ।’ मर्जरमा जाने सहमति जुटे सँगै हिमालयन बैंकले सञ्चालक समितिको बैंठक बोलाएको छ भने सिभिल बैंकका सञ्चालक समितिको बैंठक भने अनिश्चित रहेको छ । हिमालयन बैंकले बिहीबार बिहान १० बजेको लागि सञ्चालक समितिको बैंठक बोलाएको एक सञ्चालकले बताए ।

‘मर्जरको विषयमा छलफल गर्न बिहीबार बिहान सञ्चालक समितिको बैंठक बोलाएका छौं, बैंठकले स्वीकृत दिएपछि मर्जरको सम्झौता गर्ने बाटो खुल्नेछ’ ती सञ्चालकले भने ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports