linktrix Long Ad
Salt Trading Long Ad

कोशी प्रदेशमा हिक्मत कार्की नै मुख्यमन्त्री रहने भयो सहमति

156
shares

कोशी प्रदेश सरकारको नेतृत्व नेकपा (एमाले)का हिक्मत कार्कीले नै निरन्तरता दिने भएका छन्।

बुधबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा कार्की, एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडा र सचिव राजकुमार भण्डारीबीच भएको छलफलमा कार्कीकै नेतृत्वमा सरकार अघि बढाउने सहमति भएको हो। छलफलमा अध्यक्ष ओलीले हाल कार्कीकै नेतृत्वमा सरकार सञ्चालन हुने, तर पार्टीले आवश्यक ठानेको बेला मुख्यमन्त्रीसहित मन्त्रीहरूले राजीनामा दिनुपर्ने सर्त राखेको बताइएको छ।

एमाले कोशी प्रदेश अध्यक्ष खतिवडाले अहिले गठबन्धनलाई मिलाएर कार्कीकै नेतृत्वमा सरकार अघि बढ्ने निष्कर्षमा पुगेको जानकारी दिए। केही समययता कोशी प्रदेशमा मुख्यमन्त्री परिवर्तनको विषयलाई लिएर एमालेभित्र विवाद देखिएको थियो।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports