kumari
stcnepal

राजनीतिक दल र असारे विकास

एकवर्ष अघिदेखि मुलुक कोरोना भाइरसबाट आक्रन्त भईरहेको बेला सरकारले कोरोना भाईरसको खोप ल्याउने प्रयास गरिरहेको भएपनि अहिलेसम्म त्यो प्रयास पूर्ण रुपमा सफल हुन सकेको छैन । कोरोना भाइरसलाई नियन्त्रण गर्न एक मात्र विकल्प खोप नै हो । विश्वका धेरै देशहरुले आफ्ना नागरिकहरुलाई खोप लगाईरहेका छन् । तर गरिव मुलुकहरुले प्रयाप्त मात्रामा खोप पाउन सकेका छैनन् । आजसम्म कोरोना भाइरसको औषधी निणर्य नभएको हुनाले खोप बाहेक अर्को विकल्प देखिएको छैन । नेपालमा समेत खोप लगाएका व्यक्तिहरुमा जटिल समस्या नदेखिएको चिकित्सकहरुले बताएका छन् । कोरोना भाइरसको दुवै खोप लगाएका व्यक्तिहरुमा जटिल समस्या नदेखिएको र निधन हुनेको सख्या पनि न्यून रहेको छ । एउटै मात्र खोप लगाएका व्यक्तिहरुमा समेत जटिल समस्या नदेखिएको र निधन हुनेको संख्या पनि न्यून देखिएकोले गर्दा खोप लगाउन बाहेक अर्को कुनै विकल्प देखिएको छैन ।
विश्वका सबै सरकारहरुको पहिलो कर्तव्य र दायित्व भनेको आफ्ना जनतालाई बचाउनु हो । त्यही कारणले गर्दा धनी राष्ट्रहरुले आफ्ना जनतालाई दु्वै खोप लगाउदै आएका भएपनि नेपाल जस्तो गरिव राष्ट्रले खोप नै पाउन सकेको छैन । नेपाल लगायतका अन्य गरिव राष्ट्रहरुलाई धनी राष्ट्रहरुले प्रयाप्त खोप दिन आशवासन दिएपनि व्यवहारमा त्यो लागु हुन नसकेका हुनाले गरिव राष्ट्रका जनताले अहिले सम्ममा दुवै खोप लगाउन पाएका छैनन् भने अहिले नै एकीन गर्न सक्ने अवस्था छैन । विभिन्न मुलुक र केही दातृ राष्ट्रहरुले दिएको खोपले मात्र नेपाली जनता लाई खोप लगाउन सकिने अवस्था नभएकाले गर्दा अव सरकारले खोप खरिद गरी आफ्ना जनतालाई लगाउनु वाहेक सरकारसँग अर्को विकल्प देखिदैन ।

सरकारको पहिलो दायित्वलाई मध्यनजर गर्दे सरकारले अब बरु विकास निर्माण कार्यलाई थाती राखेर भएपनि खोपको व्यवस्था गर्न आवश्यक छ । विकास निर्माण भनेको जनताकै लागि हो । जनता नै नरहेको अवस्थामा किन र कस्का लागि विकास निर्माणका आवश्यकता हुन्छ । त्यही कारणले गर्दा सरकारले अब खोप खरिद र आयातलाई पहिलो प्राथमिकतामा राख्नु पर्ने आवश्यकता देखिएको छ । विभिन्न मित्र राष्ट्र र दातृ निकायसँग समन्वयन गरेर अनुदानमा पाउने खोप ल्याउन सरकारले जति सक्दो छिटो पहल गर्न आवश्यक छ दातृ निकायहरुले अनुदानमा दिने खोपको भर नपरी सरकारले खोप उत्पादन कम्पनी र त्यहाका सरकारहरुसँग अनुरोध गरी जति सक्दो छिटो खोप खरीद गरेर सम्पूर्ण नेपाली जनतालाई भरिसक्य दुवै डोज नभएपनि पहिलो डोज मात्र खोप लगाउन सकेको खण्डमा धेरै नेपाली जनताको ज्यान बचाउन सकिन्छ । एक मात्र खोपको डोज लगाएका मानिसहरुमा समेत कोरोना भाइरसको निकै कम प्रभाव परेको हुनाले सरकारले जुनसुकै सर्तमा पनि पहिलो खोपको डोज लगाउने व्यवस्था मिलाउन सक्नु पर्दछ ।

कोरोना भाइरसबाट जनता आक्रन्त भईरहेको बेला जेष्ठको अन्तिममा मुलुकमा दैवी विपत्ती थपिएको छ । वाढी पहिरोले गर्दा जनतामाथी पिडा माथी पिडा थपिएको छ । बाढी पहिरोले गर्दा अहिले सम्म सबै भन्दा बढी क्षती सिन्धुपाल्चोक जिल्लामा भएको छ भने अन्य जिल्लाहरु समेत प्रभावित भएका छन् । मुलुकमा बल्ल मनसुन सुरु भएको छ । मनसुन सुरु भएको दिन सिन्धुपाल्चोक जिल्लामा वाढी पहिरोले वितण्ड मच्चाएको छ । बाढी पहिरोले नेपालमा प्रत्येक वर्ष वर्षायाममा धेरै मानिसको ज्यान समेत जाने गरेको भएपनि सरकारले बाढी पहिरोलाई नियन्त्रण गर्न प्रभावकारी कदम समेत चाल्न सकेको छैन । मुलुकमा संघियताको प्रवेश गराइएपनि स्थानीय तहका सरकारहरुले गर्ने काम कारवाहीवाट समेत वाढी पहिरो आउने क्रमलाई सहयोग पुयाइएको जस्तो देखिएको छ ।

विना सर्वे गाँउ गाँउ र टोल टोलमा डोजर लगाएर बाटो निर्माण गर्ने क्रमले प्राय प्रथमिकता पाउने गरेको र स्थानीयहरुले राम्रोसँग अनुगमन र निरिक्षण गर्न नसकेकै कारण खोलामा समेत घरहरु निर्माण गरीएका हुनाले बाढी पहिरोबाट त्यस्ता घरहरु र बाटोघाटो खोलाले बगाएको छ । एक अर्थमा भन्ने हो भने डोजरे विकासले मुलुकमै विनास ल्याएको छ । मानविय गल्तिका कारण बाढी पहिरोले अबौँको क्षति पुयाउदै आएपनि त्यस तर्फ कसैको ध्यान नगएकाले गर्दा वर्षेनी अवौँ अबैँको क्षति व्यहार्नु परेको छ । अहिलेका सत्य वास्तविकता भनेको यहि हो । विकाससगै विनास पनि आउँछ भने नेपाली उखान अहिले ठ्याकै मिलेको छ । विकास सगै विनास ल्याउने काम मानविय गल्तिकै कारण भएको हो भन्नेमा कुनैको दुईमत हुन सक्दैन ।
जनताले कोरोना भाइरसबाट मुक्त पाउन नसकिरहेको वेला फेरी बाढी पहिरोबाट जनता पिडित बनेका छन् । बाढी पहिरोलाई केही हदसम्म नियन्त्रण गर्न सकिने भएपनि सरकारको गल्तिको मारमा जनता पर्ने गरेका छन् । भने राज्यको अवौ रकम वालुवामा पानी हाले सरह हुने गरेको छ । त्यस्तो एउटै कारण हो असारे विकास नयाँ आर्थिक वर्ष लागेको वेला भन्दा ३÷४ महिना अगाडीदेखी असारे विकास थालिन्छ । अरु वेला निदाएर वस्ने सरकारी कर्मचारीहरु कमीसनको लोभमा परेर असारे विकासलाई प्राथमिकता दिने गरेका र बैशाख , जेष्ठ र असारमा अवौँ रकम खर्च गर्ने परम्परागतको विकास गरिएकोले गर्दा वाढी पहिरो र पानीवाट त्यस्तो असारे विकास ध्वस्त ह्ुने गरेको छ । असारे विकासका लागि जेष्ठ असारमा मात्र प्रत्येक दिन ३÷४ अर्व रुपैया खर्च गर्ने गरिएको छ ।

असारे विकासका लागि राजनिति दल र तिनका कार्यकताहरुले असारे विकासलाई प्राथमिकतामा राख्ने गरेका हुनाले असारे विकासले प्राथमिकता पाउदै आएको छ । कुनै सर्वेक्षण नै नगरी जथाभावी बाटाहरु निर्माण गर्ने र मोटो कमिसन हातपार्ने उद्देश्यले गर्दा असारे विकासका कार्यहरुलाई बन्द गरिनु आवश्यक छ । असारे विकासले मानवीय क्षति मात्र पुयाएको छैन राज्यको ढुकुटी समेत ध्वस्त हने गरेको छ ।
यसरी जनता दोहोरो मारमा परिरहेको बेला राजनितिक दलहरु भने जसरी भएपनि सत्ता हत्याउने खेलमा सकृय भएका छन् । प्राय सबै राजनितिक

दलहरुमा आन्तरिक विवाद उत्पन्न भएको छ । त्यही विवादका कारण सत्ताधारी दल नेकपा एमालको विवाद उत्कर्षमा पुगेको छ भने नेपाली काग्रेस जनतासमाजवादी पार्टी समेत विवादको भुमरीमा परेका हुनाले त्यस्ता राजनितिक दलहरुले जनतालाई समस्या पर्दा जनताको घाउमा मलमपट्टी लगाउन सकेका छैनन् । सरकार पनि सरकार वचाउन कै लागि सकृय भएको छ । राजनितिक दलहरु जनताको सेवाका लागि गठन भएका हुन् भने उनिहरुले किन जनताको सेवालाई भन्दा सत्तालाई प्राथमिकता मा राखेर पार्टी र व्यक्तिगत स्वार्थ पुरा गर्न मात्र ध्यान दिएका छन् । के राजनितिक दलहरुको जनताप्रति कुनै उक्तरदायित्व हुदैन । यदि उनिहरु जनताप्रति उत्तरदायी हुन भन्ने उनिहरुले पहिला जनता समस्या समाधान गर्न तर्फ अग्रसर हुनु पर्ने हुन्छ भन्ने हामीले ठानेका छौ ।

footer