प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रधानसेनापति आज अष्ट्रेलिया जाँदै

559
shares

प्रधानसेनापति प्रभुराम शर्मा अष्ट्रेलिया भ्रमणमा जाँदै छन् । अष्ट्रेलियाको सिड्नीमा आयोजना हुने रक्षा प्रमुखहरुको वार्षिक सम्मेलनमा सहभागी हुन शर्मा अष्ट्रेलिया भ्रमणमा जान लागेका हुन् ।

प्रधानसेनापति शनिवार अष्ट्रेलिया प्रस्थान गर्ने सैनिक जनसम्पर्क तथा सुचना निर्देशनालयले जनाएको छ । युएस इन्डोपेशिफिक कमाण्डले आयोजना गरेको ‘​Annual Chiefs of Defense (CHOD) Conference-2022’ साउन ९ देखी ११ गते सम्म संचालन हुनेछ ।

असार ३१ मा मन्त्रिपरिषद्ले प्रधानसनापतिको भ्रमण स्विकृत गरेको थियो । सो सम्मेलनमा नेपाली सेना २०५६ देखि सहभागी हुँदै आएको छ । सम्मेलनमा एशिया प्रशान्त क्षेत्रमा अवस्थित राष्ट्रका सेना प्रमुखहरुले वर्तमान अन्तर्राष्ट्रिय सुरक्षा र सहयोगका बारेमा छलफल गर्नेछन् ।

प्रधान सेनापति शर्मालाई शुक्रबार जंगी अड्डामा सेनाको टुकडीले सम्मान सहित बिदाई गरेको छ । उनको अनुपस्थितीतमा रथी बालकृष्ण कार्कीले कामु प्रधान सेनापतिको कार्यभार समाल्नेछन् ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports