प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

मैले गर्दा नै नागरिकता विधेयक आएको हो, अब माओबादीलाई कसैले रोक्न सक्दैन : अध्यक्ष दाहाल

559
shares

काठमाडौं ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा माओवादीलाई देशको बागडोर लिने बाट कसैले रोक्न नसक्ने दाबी गरेका छन् । जसपा बाट माओवादी प्रवेश गर्ने नेता कार्यकर्तालाई पार्टी कार्यालय पेरिसडाँडामा स्वागत गर्दै प्रचण्डले आगामी निर्वाचनमा बलियो पार्टीको स्थापित हुने बताए ।

‘माओवादी कमजोर भए संघीय लोकतान्त्रिक गणतन्त्र बलियो हुन सक्दैन । यो देशका जाति जनजाति,आदिवासी, दलित, महिला, मुस्लिम सबै श्रमजीवी जनताको हक अधिकार स्थापित हुँदैन’ प्रचण्डले भने, ‘पर्सामा माओवादी कमजोर छ । यो पार्टी प्रवेशले नयाँ उत्साह थप्ने छ । आउने निर्वाचनमा माओवादीलाई यो देशको बागडोर लिन बाट कसैले रोक्ने छैन ।’


पार्टी प्रवेश गरेर आउने नेता कार्यकर्तालाई विना आग्रह विना हिचकिचाहट जिम्मेवारी दिने प्रचण्डले बताए । पार्टीमा भएका नयाँ र पुराना सबै नेता कार्यकर्ता हार्दिकतापूर्वक मिलेर काम गर्ने बताए ।

नागरिकता संशोधन विधेयक माओवादीकै जोडबलमा संसद बाट पास हुन लागेको प्रचण्डले बताए । ‘मैले संसदमा नागरिकता विद्येयक पेश गरेर हल गरिनेछ भनेको थिए । हाम्रै जोडबलमा अहिले नागरिकका समस्याका विषयमा निर्णय हुँदैछ ’ प्रचण्डले भने, ‘त्यसमा हाम्रो पार्टीले ह्वीप पनि जारी गरेको छ । म उपस्थित हुन जानुछ ।’

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports