जसपाका दुई केन्द्रीय सदस्य तथा पूर्व संबिधानसभा सदस्य एमालेमा प्रवेश
वि.सं.२०७९ साउन २१ शनिवार ०८:१०
shares

काठमाडौं ।जनता समाजवादी पार्टीका दुई जना केन्द्रीय सदस्य र एक जना प्रदेश कमिटी सदस्य चुनाव घोषणा भए लगत्तै नेकपा एमालेमा प्रवेश गरेका छन् । संविधानसभा सदस्य समेत रहिसकेका बर्दियाका मोहम्मद कासिम अली र पर्साकी आशा चतुर्वेदी एमालेमा प्रवेश गरेका छन् ।
यस्तै जसपा प्रदेश कमिटी सदस्य स्वेता श्रीवास्तव पनि पाटर्टी प्रवेश गरेकी छन् । शुक्रवार साँझ अध्यक्ष केपी ओलीको निवास बालकोट पुगेर जसपाका तीन नेताले एमालेको सदस्यता लिएका हुन् । तीनै जनालाई अध्यक्ष ओलीले एमालेमा स्वागत गरे ।




































