प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

बालेनका प्रियमन्त्री भन्दछन्, ‘ठेकेदारका खुट्टा भाँचिदिनुहोस !”

559
shares

 

काठमाडौ । गत जेष्ठ ११ गते सुकुम्बासी बस्तीमा डोजर चलाएर प्रधानन्त्री बालेन साहले आफ्नो विदाको बारलाई फेसबुकमा रमाइलोमा केन्द्रीत गरेका थिए । त्यसैगरी गत जेष्ठ ३० गते पनि उनी आफ्नै साथीको चिया पसलमा पुगेर चिया पिउन व्यस्त रहे । बालेन साहको नेतृत्वको सरकारमा रहेका र प्रधानमन्त्रीले देश विकासको लागि देश बनाउने टोलीमा समावेश गरेका मन्त्रीहरुले ठेकेदारको खुट्टा भाँचिदिने अराजक अभिव्यक्ति दिएका छन् । यस कारणले गर्दा पनि सरकारप्रति जनताको आक्रोश बढ्दै छ ।
प्रधानमन्त्री साहले २ मन्त्री सहितको तस्वीर राख्दै देश बनाउने टोली भनि फेसबेकमा पोष्ट गरेको पोष्टले सामाजिक सञ्जालमा बहस सिर्जना भएको छ । उक्त पोष्टका कारण राष्ट्रिय स्वतन्त्र पार्टीभित्र समेत असन्तुष्टि बढ्दै गएको मात्र छैन पार्टी नेतृत्वको भूमिका प्रति समेत गम्भीर प्रश्न उठ्न थालेको छ । प्रधानमन्त्री साहका विवादित निर्णय र अभिव्यक्तिका कारण संसदमा विपक्षी दलहरुको विरोध जारी रहँदा पार्टी सभापति रवि लामिछनेलाई रक्षात्मक अवस्थामा पु¥याएको छ । असार १ गते आइतबार प्रधानमन्त्री साहले दुईवटा स्टाटस लेखे तीन घण्टाको फरकमा । राति १० बजेर ५१ मिनेटमा एउटा पोष्ट भएको थियो भने अर्को दोस्रो पोष्ट पहिलाको प्रष्टोक्तिमा लेखिएको थियो । हप्ताभरी काम गरेर म विदाको दिन जिस्किन्छु यो समस्या होइन बालेनले लेखेका छन् ‘त्यो दिन दुःख मान्नु जुन दिन म जिस्किन छाड्छु ।’
भावनात्मक भाषा प्रयोग गरेर तीन घण्टाभित्र प्रष्टोक्ति स्टाटस लेख्नुले उनी पहिलो स्टाटसको दवावमा परेको सहजै अनुमान लगाउन सकिन्छ । प्रधानमन्त्री साह धेरै स्टाटस नलेख्ने र विपक्षीहरुले संसदमा प्रधानमन्त्रीको संसदमा उपस्थितिलाई संसद बैठक नै अवरोध गरिरहँदा पनि उनलाई संसद बैठकको अवरोधले छोएको थिएन । तर उनले पछिल्लो समयमा लेखेका दुई स्टाटसलाई चासोको रुपमा हेरिएको छ ।
प्रधानमन्त्रीले प्रष्टिकरण नै राख्नुपर्ने पहिलो स्टाटसमा लेखिएको थियो राति ८ ः २० पोष्ट भएको थियो दुई प्रभावशाली मन्त्रीहरु सुधन गुरुङ र सुनिल लम्साललाई अंगालो हालेर क्याप्सनमा लेखिएको थियो पिएम, एमएम, आईएम देश बनाउने टोली भनेर । गुरुङ र लम्साल फागुन २१ गतेको निर्वाचन अघि नै बालेनसँग जोडिएका व्यक्ति हुन् ।
आफैँसँग रास्वपामा जोडिएका सुधन गुरुङ र लम्साललाई बालेनले महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी दिएका छन् भने गुरुङलाई दोस्रो पटक गृहमन्त्रीमा नियुक्त गरेका छन् । विवादास्पद व्यक्तिसँग जोडिएका सूचना पछि गुरुङले राजिनामा दिएका थिए तर गुरुङलाई बचाउनैका लागि प्रधानमन्त्री बालेनले छानविन समिति बनाएर उनलाई चोख्याएर पुन गृहमन्त्री बनाएका छन् ।
मन्त्री लम्साल प्रभावशाली र सबैभन्दा महत्वपूर्ण मन्त्रालयको जिम्मेवारीमा रहेका भएपनि उनले हालै काम सम्पन्न नगर्ने ठेकेदारको खुट्टा भाँचिनिुहोस् भन्दै जनतालाई आग्रह गरेका समाचारहरु प्रकाशित प्रसारित भएपछि लम्साल विवादको घेरामा तानिएका छन् ।
ठेकेदारले समयमै काम नगरेको खण्डमा कानूनी कारबाही गर्नुको बदला खुट्टा भाँचिदिनुहोस् भन्नु र कहिले ठेकेदारहरुलाई मन्त्रालयमा बोलाएर हप्कीदप्की गर्नुले मन्त्री लम्साल र बालेन सरकारको रणनीति के भन्ने प्रश्न समेत उठेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports