प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रधानमन्त्री बालेनका सामू सभापति निरिह

351
shares

 

काठमाडौ । गत फागुन २१ गते सम्पन्न भएको संघीय संसदको निर्वाचनमा झण्डै दुई तिहाई मत पाएको रास्वपा नेतृत्वको बालेन सरकार यतिबेला चर्चाको शिखरमा रहेको छ । रास्वपाका सभापति रवि लामिछानेले हालै सम्पन्न गरेको भारत भ्रमणका बारेमा एकमन्त्रीले दिएको अभिव्यक्ति चर्चित रहेको छ । सरकारका प्रवक्ता समेत रहेका शिक्षा मन्त्रीले पार्टी सभापति लामिछानेको भारत भ्रमणका सम्बन्धमा सरकारका कुनै चासो नरहेको बताएका थिए ।
रास्वपाभित्र यतिबेला अनेक चर्चा परिचर्चा सुरु भएको छ । गुटगत राजीतिक नगर्ने भन्ने रास्वपाको नीतिले हावा खाएको छ । जिल्ला सभापति र प्रदेश अध्यक्षहरुमा बालेन साह पक्ष र सभापति लामिछाने पक्ष गुटबीचमै निर्वाचन भएको छ । गुटगत राजनीतिकले गर्दा मुलुकमा स्थापित भएका ठुला दलहरु कांग्रेस, एमाले, माओवादी केन्द्र सहित मधेशवादी दलहरु पिडित भइसेको अवस्थामा अब त्यही रोग रास्वपाभित्र सरेको प्रष्ट भएको छ । सत्ता प्राप्ति पछि त्यस्ता रोग लाग्ने नेपालमा परमपरा नै रहेको छ ।
मन्त्रिपरिषद्भित्र बालेन साह पक्ष र सभापति रवि लामिछाने पक्ष भनेर मन्त्रीहरु चिनिने गरेका छन् । भाद्र २३ गते जेनजीहरुको विरोध प्रदर्शनमा पानी बाँड्न आएको बताउने सुधन गुरुङको विवादास्पद अभिव्यक्ति र उनी आफैँले विरोध प्रदर्शन गर्नु जिल्ला प्रशासन कार्यालय काठमाडौमा निवेदन दिएका हुनाले उनले किन आफू नेता नभएको र पानी बाँड्न मात्र आएका बताए अब त्यसको छानविन हुनुपर्ने कि नपर्ने ?
पानी बाँड्न आएको बताउने सुधन गुरुङ फागुन २१ गतेको निर्वाचनमा रास्वपाबाट निर्वाचित भएर सांसद मात्र बनेनन् उनी शक्तिशाली गृहमन्त्री समेत बने । तर सम्पत्ति शुद्धीकरणलगायत शेयरसम्बन्धी विवादमा उनी २६ दिनमै मन्त्री पदबाट राजिनामा दिन बाध्य भए । उनीमाथि अनुसन्धान गर्न बालेन सरकारले छानविन समिति बनायो समितिले उनलाई सफाई दियो त्यो समिति रेडिमेड समिति थियो । समितिको प्रतिवेदन आजसम्म सार्वजनिक गरिएको छैन र उनी फेरी गृहमन्त्रीमा नियुक्त भैसकेका छन् ।
प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारमा मन्त्री रहको महावी पुन बाहेकका सबै रास्वपाकै सांसद रहेकाले रास्वपाको एकमानाको सरकार रहेको छ । पुनलाई पनि रास्वपाले नै समर्थन गरेको र निर्वाचित भएका हुनाले पुनले रास्वपाकै लाइनमा काम गर्ने पक्कापक्की भएको छ । तर बालेन साहको बोली र कार्यशैली हेर्दा प्रश्न उठ्न सक्छ के यो रास्वपा नेतृत्वको सरकार हो त भनेर ? प्रधानमन्त्रीको कार्यशैलीबाट पार्टी सभापति रवि हायलकायल भएका छन् भने उनको निरिहता हेर्दै प्रष्ट हुन्छ ।
सरकार सञ्चालनको प्रमुख अभिभार प्रधानमन्त्रीकै हुन्छ तर अहिले प्रधानमन्त्री साह र सभापति बीचको सम्बन्धलाई लिएर प्रश्न उठ्न थालेको छ । गृहमन्त्री सुधनले कसरी र कसको स्वार्थमा प्रधानमन्त्री साह र पार्टी सभापति रविलाई मिलाउँदै आएको छन ? उनको त्यो हैसियत कहाँबाट आयो ? पानी बाँड्न आएको बताउने गुरुङको त्यो हैसियत कसले बनाईदियो ? अहिले त्यसको खोजविन सुरु गर्नुपर्ने अवस्था देखिएको छ । भाद्र २३ र २४ गतेको घटनाको मुख्य योजनाकारहरु को–को हुन् उनीहरुमाथि कारबाही किन हुँदैन भन्ने प्रश्न टड्कारो रुपमा उठेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports