प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अर्थमन्त्री शर्मा बारे छानबिन गर्न बनेको संसदीय छानबिन समितिको प्रतिवेदनले थप प्रश्नहरू उब्जाएको छ : सुवास नेम्वाङ

546
shares

दाङ ।नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले अर्थमन्त्री जनार्दन शर्मा बारे छानबिन गर्न बनेको संसदीय छानबिन समितिको प्रतिवेदनले थप प्रश्नहरू उब्जाएको बताएका छन् ।अर्थमन्त्री शर्माले बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई संलग्न गराएको विषयबारे छानबिन गर्न बनेको संसदीय समितिको प्रतिवेदनले प्रश्नको जवाफ दिनुको साटो थप प्रश्न उठाएको उनले बताए । प्रेस चौतारी दाङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेम्वाङले भने, ‘छानबिन समिति जे प्रश्नको उत्तर दिन बनाइयो, त्यसको उत्तर दिन सकेन । बरु थप प्रश्नहरु जन्मायो ।’

उनले छानबिन समितिले घटना सँग सम्बन्धित व्यक्तिहरूको फोन कल डिटेल, मोबाइल लोकेसन जस्ता कुराहरु हेर्नुपर्ने उनले बताए । ‘छानबिन समितिले फोन कल डिटेल, मोबाइल लोकेसन हेर्न किन चाहेन ? उहाँहरुले त्यसलाई किन रोक्नु भयो ? त्यहाँ निर प्रश्न छ,’ उनले भने । उनले प्रतिपक्ष दल एमालले सुरु देखि नै अर्थमन्त्रालयको सीसीटीभी फुटेज मागेको भएपनि त्यसलाई लुकाउने प्रयास गरेको बताए । ‘दोस्रो दिन देखि नै हामीले सीसीटीभी फुटेज देखाउन भन्यौं’ उनले भने, ‘तर १३ दिनमा आएर फुटेज नै मेटाइयो । हामीले प्रश्न गर्न साथ त्यसलाई मेटाउने काम भयो ।’

पूर्वसभामुख समेत रहेका नेम्वाङले संसदमा उठेका सबै प्रश्नको जवाफ अब जनताले नै दिने बताए । उनले मुलुकमा एमसीसी, एसपीपी, नागरिकता विधेयक, अर्थमन्त्री शर्माको प्रकरणका लगायतका प्रकरण बारे संसद र सरकार बाट जवाफ नआउने बताए । ‘अब कुनै पनि प्रश्नको जवाफ संसद र सरकार बाट आउँदैन’ उनले भने, ‘मंसिर ४ गते चुनाव घोषणा भइसकेको छ । अब यी सबै कुराको जवाफ जनताले नै दिनेछन् ।’

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports