प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेप्से साताको दोस्रो दिन परिसूचक १७ अंकले घट्यो

715
shares

काठमाडौं ।आज साताको दोस्रो दिन शेयर बजार घटेको छ । आज नेप्से परिसूचक १७ दशमलव ६७ अंकले घटेर २,१०६ दशमलव १६ को विन्दुमा कायम भएको छ । आज ५० कम्पनीको शेयर मुल्य बढेको छ भने १२३ कम्पनीको शेयर मुल्य घटेको छ । आज म्युचुअल फण्ड र उत्पादनमुलक बाहेक सबै उपसूचक घटेका छन् ।

आज दिनभरिमा २१४ कम्पनीको ६५ लाख २७ हजार ४१४ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ८५ करोड ७० लाख ७२ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै शिवम् सिमेन्टको शेयर कारोबार भएको छ । कम्पनीको २० करोड ७१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ७६४ रुपैयाँ रहेको छ ।

त्यस्तै, नविल बैंकको १० करोड ८५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नागरिक लगानी कोषको ८ करोड २१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेशनल हाइड्रोपावर कम्पनीको ७ करोड ६५ लाखमाथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै गुराँस लघुवित्त वित्तीय संस्था र हिमालयन हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । यी कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । युनिलिभर नेपालका लगानीकर्ताले ५ दशमलव ५९ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै जानकी फाइनान्स कम्पनीका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ४ प्रतिशतका दरले गुमाएका हुन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports