linktrix Long Ad
Salt Trading Long Ad

पार्टीमा एक व्यक्ति एक पदको अवधारणालाई दृढतापूर्वक लागु गरेर जानुपर्छ : उपेन्द्र यादव

754
shares

काठमाडौं ।जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले आफ्ना पूर्वसहकर्मी डा. बाबुराम भट्टराईलाई ‘अनुशासनहीन र अराजक तत्व’को संज्ञा दिएका छन् । पार्टीको काठमाडौंमा जारी राजनीतिक समितिको बैठकमा प्रस्तुत प्रस्तावमा अध्यक्ष यादवले भट्टराई समूहको गतिविधिले पार्टी जीवन नै ठप्प हुन पुगेको टिप्पणी गरेका छन् । ‘स्थानीय निर्वाचन भन्दा केही समय अगाडि देखि पार्टी भित्र डा.बाबुराम र उहाँ निकट गुटद्वारा सञ्चालित अस्वस्थ गतिविधिले पार्टीलाई चलायमान बनाउन गम्भीर समस्या उत्पन्न गर्‍यो,’ उनले लेखेका छन्, ‘कतिपय प्रदेश तथा जिल्लाहरूमा पार्टी जीवन नै ठप्प हुन पुग्यो ।’

अध्यक्ष यादवले पार्टी केन्द्रीय समितिको वीरगञ्ज बैठकपछि पार्टी भित्रका ‘अनुशासनहीन र अराजक तत्व’लाई कारबाही गरेपछि पार्टीलाई गतिशील र सक्रियताका साथ अगाडि बढाउने काम सुरु भएको दस्तावेजमा उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘पार्टी एकीकरण र ध्रुवीकरणको क्रम सँगै पार्टीको घोषणापत्र र विधानमा सहमति जनाएर एकतावद्ध भएका केही नेता कार्यकर्ताहरूले विभिन्न बहानामा यसलाई कार्यान्वयन गर्न अस्वीकार गरे ।’

अध्यक्ष यादवले पार्टीमा एक व्यक्ति एक पदको अवधारणालाई दृढतापूर्वक लागु गरेर जानुपर्नेमा जोड दिएका छन् । पार्टी भित्र विधानको कार्यान्वयन नगर्ने स्वेच्छाचारिताको अवस्था रहेको उल्लेख गर्दै उनले भनेका छन्, ‘पुराना एकात्मक ढाँचाको पार्टीको सिको गरेर होस् वा संक्रमणकालको बहानामा होस्, विधान मिच्छौं भने त्यो विधिको शासनको विपरीत मात्र होइन, स्वेच्छाचारिता पनि हो ।’

यादवले चुनाव लक्षित ११ बुँदे कार्ययोजना, उम्मेदवार छनौट सम्बन्धी कार्यविधि र मापदण्डहरू प्रस्ताव गरेका छन् । उनले चुनाव लक्षित गर्दै संगठन विभाग, जनसंगठन विभाग, सूचना सञ्चार प्रकाशन तथा प्रचार विभाग र आर्थिक विभाग गठनको प्रस्ताव पनि अगाडि सारेका छन् । यादवको प्रस्तावलाई आजको बैठकले संशोधनसहित पारित गर्नेछ । बुधबार देखि ललितपुरको बालकुमारीमा जारी बैठक आज सकिने पार्टीका राजनीतिक समितिका सदस्य मनिकर कार्कीले जानकारी दिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports