विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

चेत मरेका विचेत छन्, विवेक मरेका पशु हुन्

702
shares

 

राजन कार्की
चेत मारेर बिचेत भएकालाई मरेको भन्ने कि बाँचेको ? ढलेको रुखको मुढो र चेत हराएर बिचेत मान्छेमा के नै भिन्नता हुन्छ र ?
मान्छे भएपछि विवेक हुनैपर्छ । सहीलाई सही र गलतलाई गलत भन्न नसक्नेहरुको भीड छ देशमा । यो भीड मान्छेको हो कि पशुको हो खुट्याउन र छुट्याउन मुस्किल छ । किनकि थाहा छ गलत भइरहेको छ, बोल्दैन । बोल बोल मछली मुखभरि पानी गरेर बस्छ । त्यस्तो मरेको विवेक के काम ?
विवेकको प्रयोग हुनसकेन, चेतको उपयोग पनि भएन । यसकारण त भूभाग छ, जनता छन्, सार्वभौमिकता पनि छ, सरकार छ, विधि छ तर जिवन्त केही पनि छैन । सबै मरेतुल्य छन् । देश मूर्दाघरजस्तो लाग्छ । मूर्दाघरमा मूर्दाशान्ति हुन्छ । नेपालको लोकतान्त्रिक नामधारी शासन पद्धतिमा हुनुपर्ने सबे गुण छन् तर सजाउने प्लास्टिकका फूलजस्ता । देश जिवन्त छैन । शासक र देशवासीमा जीवन देखिदैन ।
देश ज्वालमुखीमाथि उभिन पुगेको छ । यो ज्वालामुखी पड्कियो भने निस्कने लाभाले विदेशी लाभान्वित हुनेछन्, नेपाल र नेपाली कङ्गाल हुनेदिन पर देखिदैन । यसकारण हामीमा चेत र विवेक देखिनुप¥यो । चेत जाग्नैपर्छ, विवेक बोल्नैपर्छ । झकझक्याउनेहरु सबै मौन छन् जुन खतरनाक संकेत हो ।
राजनीतिले बाटो बिरायो । राजनीति व्यवसाय बन्यो । पद पाए संविधान, नपाए अराजकता फैलाउनेहरुले लोकतन्त्रलाई गाईजात्रा नै बनाइदिए । राष्ट्रियता, भाषा, भेष, नागरिकता मजाक हुनसक्छ ? तर भयो । भइरहेछ । राष्ट्रिय नीति निर्माण गरेर सबै राजनीतिक दलहरुले त्यसमा प्रतिवद्ध हुन नसक्नु ठूलो कमजोरी हो । नेपालको राष्ट्रियतामाथि अनेकानेक तरिकाले हमला भइरहेको छ, न हामीमा चेत, न विवेक देखिन्छ ? मरेकाले विरोध र विद्रोह कहाँ गर्न सक्छन् र ?
राजनीतिमा राष्ट्रप्रतिको सोचमा, लवाई खवाईमा, रहनसहनमा, विधिव्यवहारमा त्यस्तो नेपालीपन नदेखिदा अराजकता बढ्दै गएको हो । नेपालीत्वमा खिया लाग्नुमा नेपाली नेताहरुको ख्यालठट्टा जिम्मेवार छ । अन्यथा नेपालको संस्कृति र परम्परा यति धनी छ कि विश्व समुदाय लालायित हुनेगरेका अनेक उदाहरण छन् ।
वीरका गाथा इतिहासमा सिमित रह्यो । जनयुद्ध, जनआन्दोलनका घटना रोमाञ्चक कथामात्र रहे । इतिहासका घटनाक्रमलाई घोडा चढेर केही प्रभावशाली नेताहरु सत्ता र शक्तिको कमोत गर्न चाहनु भनेको सेक्सपियरको नाटकमा ब्रुटालिटीको सम्झना हुन्छ । हाम्रो लोकतान्त्रिक राजनीतिक फाँटमा राजनेता बन्नुपर्ने व्यक्तिहरु जनचाहना, जनइच्छा, राष्ट्र र राष्ट्रिय एकताका लागि ब्रुटसको ब्रुटालिटी बनिरहेका छन् । एकजना पनि राजनेता जन्मन नसक्नु भनेको राजनीतिकै दुर्भाग्य हो ।
राजनीतिले इमान र नैतिक पाठ पठाउन सकेको भए राजनेता जन्मने थिए । सिकाएको पाठ भनेको दूराचार, विभेद, भ्रष्टाचार, अनैतिकतामात्र छ अनि कसरी राजनेता जन्मन्छ ? सिस्नाको घारी रोपेर दूवो उम्रदैन ।
शेरबहादुर भएर के भो ? प्रचण्ड आएर के भो, ओलीले भाषणको गोली छाडेरै के भो ? माधव र उपेन्द्र यादवले पार्टी फुटाए, हात लाग्यो शून्य । देउवाको उदय भएर कांग्रेसले समाजवाद तिखारेको देखिएन । उनले त कम्युनिष्टमा मलजल गरिरहेछन् । गाईको पूजा गर्ने राप्रपा र गाई काटेर खान पाउनुपर्छ भन्नेको माइतीघर मण्डलामा प्रदर्शन भयो र सेलायो । धर्मनिरपेक्षतावादी राप्रपा र हिन्दूवादी राप्रपा, संविधानवादी प्रचण्ड र देउवा, विभेद भयो भनेर कुर्लने जनजातिहरुले अब जातीय हिंसा फैलाउने र संविधान विभेदकारी हो भनेर प्रमाणित गर्ने अराजकता राष्ट्रिय एकताका लागि खड्गो थियो, खड्गो छ, यो खड्गो कुन बेला खड्ग बनेर रक्तपात मच्चाउँछ भन्न सकिन्न । मंसिर ४ को चुनावलाई दृष्टिगन गरेर नेपालमा यस्तै अनपेक्षित रसायनशास्त्रको राजनीति सुरु भयो जस्तो लाग्छ । किनकि संविधानका पालक अराजक बन्न थालेका छन् । जो अराजकतावादी हुन् ती घीउ थप्दैछन् । जो जेल जानुपथ्र्यो, ऊ सत्तामा पुग्छ । निर्विरोध महिना दिन अघि नै चुनाव जित्छ । जो जेलमा सड्नुपथ्र्यो, अदालतले चोख्याउँछ । जो सत्तामा पुग्नुपथ्र्यो, ऊ धुलिसात भइरहेको छ । यस्तो राजनीति लोकतन्त्र, दिगो शान्ति स्थापनाका निर्णायक हुनसक्ने थिएन । भएन । आउने दिनमा पनि हुने लक्ष्यण देखिदैन । किनकि दिनको मौसमको हाल विहानले बताउँछ ।
राजनीतिक दलहरुलाई सडकदेखि संसदसम्म, सिंहदरवारदेखि सर्वोच्च अदालत, संवैधानिक अंग, प्रशासनसम्म जताततै राजनीति फलाउनु फुलाउनु छ । राजनीतिकरण गर्नसके महारथ प्राप्त हुने यिनको धारणा कति गलत छ भने नेपालबाट समानता, समानुपातिक, न्याय र कानुन व्यवस्थासमेत तमासा बनेबाट प्रष्ट भइसक्यो । जता हे¥यो उतै राजनीति, राजनीतिक अनियमितता । अनियमितताको हाँगो समातेपछि जे पनि सम्भव हुने तन्त्र लोकतन्त्र बन्यो । दीपक मनाङ्गे लोकतान्त्रिक निर्वाचनको पहिलो राष्ट्रिय सहमतिको बिजेता, सक्किगो नि ।
आज पनि ठूला दलहरु दिग्भ्रमित छन् अथवा राजनीतिक स्वार्थप्रेरित भएर थाहा नभएजस्तो गर्छन । विधिमा चलौं, विधि स्थापित गरौं, लोकतन्त्र मजबुत पारौं भन्ने कोही छैनन् । सबैलाई सत्ता चाहिएको छ । लोकतन्त्र भनेको अनुशासन र विधि हो भन्ने कुनै नेताको भेजामा घुस्नै सकेन । गिदी हुने ठाउँमा लिदी भरिएको भनेको यही हो ।
१५ वर्षदेखि जे चलिरहेको छ, त्यो मनलागी शासन हो । ती सबै अशान्तिको बीउ र निहुका कारक बनेका छन् । लोकतन्त्रमा लोकको भलो, राष्ट्रको भलोभन्दा अर्को उद्देश्य नै नहुनुपर्ने हो । राष्ट्रसंघका १ सय ९२ सदस्यमध्ये २८ राष्ट्रमा संघीयता छ, तिनमा कति सफल, कति असफल त्यसको पनि लेखाजोखा गरिएन र नेपाललाई संघीयतामा लगियो । बजेट भन्दा बढी विदेशी ऋण छ, त्योभन्दा बढी बैदेशिक व्यापार घाटा छ । ५ वर्षमा संघीयताबाट केही निस्केन, बालुवा सावित भयो । तैपनि हामी संघीयताको माला जपिरहेछौं । संघीयता पूर्णतः असफल भइसकेपछि पनि पन्चर भएको गाडी घिसारेझैं घिसारिएको छ । यो झिकिदे गाँड भन्दा थपिदे गाँड भयो ।
लोकको सम्मान आर्जन गर्न नसक्ने कायरहरुको राज लोकले कहिलेसम्म सहिरहने हुन् ? हुन त कुनै बेला भद्रकाली मिश्र थिए जसले नेपालमा भारतीय सेना भित्र्याए । क्याविनेटमा राजदूत बस्थे, क्याविनेट सचिव भारतीय प्रतिनिधि हुन्थ्यो । ती दिन छिमोल्दै स्वतन्त्रताको महल बनाएको राजतन्त्रको निरंकूशता फाल्ने आवरणमा राजतन्त्र नै फाल्नेहरुले अव मुलुकै फाल्छन् कि भन्ने भय फैलिन थाल्यो । शेक्सपियरको नाटकको ब्रुटसलेजसरी षडयन्त्र गरी गरी सिंहलाई मारेर स्यालहुइयामा चलेको देश बन्यो नेपाल ।
जनता सतर्क नहुने हो भने जे पनि हुनसक्छ । नेपाल रेड जोनमा परिसक्यो ।
हरेक नेपालीको मनमा छ– राणा शासन र लोकशासनमा के भिन्नता आयो र खोई ? नेता र तिनका आसेपासेलाई रमाइलो, अरुलाई दुःखपीडा, डाहा छटपटी । विकारै विकार भरिएको गिदी भएकाहरु शासनमा पुग्ने रहेछन्, बाँकी जनताको शोषणमा जुट्ने रहेछन् । यस्तो बेहाल, बेथिति त राणाशासनमा पनि थिएन, जो अहिले व्याप्त भएको छ ।
यी दलहरु युनानी वियोगान्त नाटका पात्रहरुझैं ननास्सियुन् ? महाभारत युद्धमा यदुवंशी सिद्धिएफैं नसिद्धियुन् । किनभने हाम्रा नेताहरु कलहको बीउ दिनदिनै छरिरहेका छन् । देशमा विदेशीको परेड खेलाइरहेका छन्, हैकम र हुकुमको शक्ति दिदै गएका छन् । सिंहदरवार दिल्ली र वाशिङ्टन सारेपछि के हुन्छ ? परिणाम देखिन थालिसक्यो । सत्ता स्वार्थको स्वार्थका पुतला बनेर विदेशीको लहैलहैमा चलिरहेकाहरु सोचुन्– देशै नरहे कहाँ राजनीति गर्ने ? यत्ति पनि बुझ्दैनन् भने यस्ताले आउने पुस्तालाई के देलान् ? यसकारण लोकले निर्णायकत्व चलाउने यही निर्वाचनको मतदानमै हो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports