linktrix Long Ad
Salt Trading Long Ad

बाग्लुङ्मा जनमोर्चाको बिद्रोही समूहले एमालेलाई सघाउने सहमती

676
shares

बागलुङ ।बागलुङमा राष्ट्रिय जनमोर्चाको विद्रोही समूहले आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेलाई समर्थन गर्ने भएको छ । शनिबार बसेको एमाले र राष्ट्रिय जनमोर्चा विद्रोही समूहको संयुक्त बैठकले दुवै पक्ष बीचको विगतको राजनीतिक सहकार्यलाई कायम राख्दै जनमोर्चाको विद्रोही समूहले बागलुङमा एमालेका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको हो ।

यस्तै यस्तै बागलुङ क्षेत्र नम्बर १ को प्रदेश ख मा रहेको राष्ट्रिय जनमोर्चाको विद्रोही समूहको उम्मेदवारी निष्क्रिय गर्ने सहमति भएको पनि दुई पक्षबीचको विज्ञप्तिमा उल्लेख छ । विद्रोही समूहका प्रतिनिधि तिलक पुन र एमाले बागलुङका सचिव विष्णु भुसालले जारी गरेको विज्ञप्तिमा दुवै पक्षका नेता, कार्यकर्ता, समर्थक, शुभचिन्तक र जनसमुदायलाई सहमति बमोजिम परिचालित हुन आग्रह गरिएको छ ।

बागलुङ १ मा सत्ता गठबन्धनको समर्थनमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको उम्मेदवारी छ । पार्टीको विवादका कारण केही पहिले विद्रोही समूहले मोटो मशाल गठनको घोषणा गरेको थियो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports