kumari
stcnepal

कुमारी बैकको सिइओ ( प्रमुख कार्यकारी अधिकृत ) मा रमेशराज अर्याल नियुतं

काठमाडौँ – कुमारी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा रमेशराज अर्याल नियुक्त भएका छन्। कुमारी र एनसीसी बैंकको एकीकृत कारोबार सुरु भएको छ। मर्जपछि कुमारी बैंकको नामबाट एकीकृत कारोबार सुरु गरेको हो। जसकाे नयाँ सीइओमा अर्याल नियुक्त भएका हुन्।

बैंककाे हिजाे आइतबार बसेको सञ्चालक समितिको बैठकले अर्याललाई ४ वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्ति गरेको हो। कुमारी बैंकका सीइओ रामचन्द्र खनाल मर्जर पछि वरिष्ठ सीइओ बनेका छन्।

आइतबार देखि एनसीसी बैंक र कुमारी बैंकले एकीकृत कारोबार सुरु गरेका छन्। दुवै बैंक १ः१ अनुपातमा मर्ज भएका हुन्।

footer