kumari
stcnepal

प्रभु र सेन्चुरी बैक लाई मर्जरमा जान राष्ट्र बैकको स्वीकृति

काठमाडौं ।सेञ्चुरी कमर्सियल बैंकलाई गाभ्न प्रभु बैंकले नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएका छ । प्रभुले सेञ्चुरी बैंकलाई १ बराबरको अनुपातमा प्राप्ति गर्न लागेको हो । सोमबार बसेको राष्ट्र बैंकको संचालक समितिको बैठकले यी दुवै बैंकलाई मर्जरमा जान अन्तिम स्वीकृति प्रदान गरेको बताइएको छ । अब कम्पनी रजिष्ट्रारको कार्यालय बाट स्वीकृति पाएपछि दुवै बैंकलाई एकीकृत कारोबार थालनीको बाटो खुला हुनेछ ।

राष्ट्र बैंकले मौद्रिक नीति मार्फत पुस मसान्त सम्म मर्जरको एकीकृत कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाले मात्रै छुट तथा सुविधाहरु पाउने व्यवस्था गरेको छ । सो व्यवस्था बमोजिम प्रभु र सेञ्चुरी बैंकले पुस अघिनै एकीकृत कारोबार गर्ने तयारी गरेको बताइएको छ । मर्जपछि बैंकको नाम प्रभु नै रहनेछ । बैंकको चुक्ता पुँजी २२ अर्ब बढी हुनेछ । हाल प्रभु बैंकको चुक्ता पुँजी १२ अर्ब ७० करोड र सेञ्चुरीको ९ अर्ब ५५ करोड रुपैयाँ बढी छ ।

मर्जपछि बन्ने बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अशोक शेरचन हुनेछन् भने डेपुटी सीईओमा सेञ्चुर बैंकका तर्फबाट मनोज न्यौपाने रहनेछन् । मर्जपछि बन्ने संचालक समितिमा प्रभु बैंकको तर्फबाट ४ जना र सेञ्चुरीको तर्फबाट ३ जना रहने बताइएको छ ।

footer