उपत्यकाका सात वृत्तका प्रहरी प्रमुख फेरिए
वि.सं.२०७९ माघ २० शुक्रवार ०८:२३
shares

काठमाडौं ।एक सय ५० डिएसपीको सरुवा हुँदा काठमाडौं उपत्यकाका सात वटा वृत्तका प्रमुख पनि फेरिएका छन् ।
जनसेवा वृत्तमा भेषराज रिजाल, ठिमी वृत्तमा रविन्द्र श्रेष्ठ, कीर्तिपुरमा राजु लामा, सातदोबाटोमा उमेश जोशी, चापागाउँमा कृष्ण कुमार चन्द, कालिमाटीमा नरहरी अधिकारी तथा थानकोटमा नारायण अधिकारीको सरुवा भएको छ ।
ती वृत्तका डिएसपीको एक वर्षको अवधि पुगेको थियो । बालाजु, दरबारमार्ग, लैनचौरका डिएसपीको कार्यशैली कमजोर भएपनि उनीहरुलाई हटाइएको छैन।


































