linktrix Long Ad
Salt Trading Long Ad

कांग्रेस राष्ट्रपतिको लोभमा फसेर लोकतन्त्र कै धज्जी उडाउने मिल्दैन : बिजुक्छे

741
shares

काठमाडौँ – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले नेपाली कांग्रेसले राष्ट्रपतिको लोभमा फस्न नमिल्ने टिप्पणी गरेका छन्। प्रमुख प्रतिपक्षको भूमिका सशक्त ढंगले निर्वाह गर्नुपर्ने कांग्रेसले राष्ट्रपतिमा लोभ गरे त्यो जस्तो नराम्रो दृष्टिकोण अरु केही पनि नहुने उनको भनाइ थियो। उनले भने, ‘यो राष्ट्रपतिको लोभले गर्दा सायद नेपाली कांग्रेसले त्यो बाटो अपनाएको हो कि? साँचो यही हो भने त्योजस्तो नराम्रो राजनीतिक दृष्टिकोण अरु छैन।’

रफ्त सञ्चार क्लबको १३ औँ वार्षिकोत्सवको अवसर पारेर सोमबार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष बिजुक्छेले निर्वाचनका बेला सार्वजनिक गरिएको घोषणा पत्रभन्दा बाहिर जाने छुट कुनै पनि राजनीतिक दललाई नरहेको बताए। सत्तारुढ गठबन्धन प्रजातान्त्रिक नभएको भन्दै अध्यक्ष बिजुक्छेले असन्तुष्टिसमेत व्यक्त गरे। ‘राजनीतिक पार्टीहरुको अहिलेको जुन गठबन्धन छ, त्यो पनि प्रजातान्त्रिक गठबन्धन होइन। चुनावभन्दा अगाडि नै गठबन्धन बनाउन नहुने हो,’ उनले भने।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports