linktrix Long Ad
Salt Trading Long Ad

आज सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत लिने

1.42K
shares

धनगढी ।सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्दसिंह रावलले आज मुख्यमन्त्री पदको विश्वासको मत लिने भएका छन् । संविधानको धारा १६८ को उपधारा (२) बमोजिम गत २७ मा मुख्यमन्त्रीमा नियुक्त भएका रावलले २६ माघ भित्र विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यताको बिचमा अन्तिम अवस्थामा विश्वासको मत लिन लागेको हुन ।

प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैसीका अनुसार मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि बुधवार बिहान ११ बजे प्रदेशसभाको बैठक बोलाइएको छ । नागरिक उन्मुक्ति पार्टीले आफ्ना माग सम्बोधन नगरेको भन्दै विश्वासको मत दिन आनाकानी गरे पछि अप्ठ्यारोमा परेका रावललाई रेशम चौधरीको मुद्दामा सर्वोच्च अदालतले प्रत्यर्थी झिकाउने आदेश गरे सँगै मुख्यमन्त्री बनेका रावललाई विश्वासको मत लिन सहज भएको बताइएको छ ।

तर, उन्मुक्तिले भने मत दिने नदिने औपचारिक रूपमा घोषणा गरिसकेको छैन। जसका कारण मुख्यमन्त्री रावलले विश्वासको मत पाउने सुनिश्चित भएको छैन। नेकपा एमालेका रावल सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा २५ पुसमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports