linktrix Long Ad
Salt Trading Long Ad

आज लुम्बिनीमा राष्ट्रियसभा सदस्यको लागि निर्वाचन, कस्तो छ दलहरूको मतभार ?

689
shares

दाङ ।लुम्बिनी प्रदेशमा आज राष्ट्रियसभा सदस्य उपनिर्वाचन हुदैँछ । सत्तारूढ दल नेकपा एमाले, नागरिक उन्मुक्ति पार्टी र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबाट गरी तीन जना उम्मेदवारहरू आज हुने चुनावी प्रतिस्पर्धामा छन् । जसअनुसार सत्तारूढ एमालेकातर्फ वाट कुमार दसौदी र नागरिक उन्मुक्ति पार्टी बाट राजेन्द्रवीर राय तथा प्रमुख प्रतिपक्षी कांग्रेसका माधवप्रसाद आचार्यको उम्मेदवारी छ । प्रदेश निर्वाचन कार्यालय दाङका प्रमुख नारायणप्रसाद भण्डारीका अनुसार मतदान बिहान १० बदेदेखि दिउँसो ३ बजेसम्म चल्नेछ भने मतदान दाङ घोराहीको कर्मचारी मिलन केन्द्रमा हुनेछ ।

तत्कालीन एमाले सांसद खिमलाल भट्टराईले राजीनामा दिए पछि उक्त प्रदेशबाट प्रतिनिधित्व गर्ने राष्ट्रियसभा सदस्य पद रिक्त हुन पुगेको थियो । उक्त रिक्त पदमा आज निर्वाचन हुन लागेको हो । नेकपा एमालेका केन्द्रीय सदस्यसमेत रहेका दसौदी २०३६ सालदेखि विद्यार्थी आन्दोलनबाट राजनीतिक यात्रा सुरु गरेका थिए । उनी २०५१, ०५६, ०७० सालको निर्वाचनमा समेत उम्मेदवार बनेको थिए । त्यसैगरी विपक्षी दलको तर्फबाट नेपाली कांग्रेसबाट रोल्पाका माधवप्रसाद आचार्यले मनोनयन दर्ता गराएका छन् । रोल्पा नगरपालिका–४ निवासी उनी नेपाली कांग्रेसका जिल्ला पूर्वपार्टी सभापति पनि हुन् । २०३६ सालको विद्यार्थी आन्दोलनबाट राजनीति यात्रा थालनी गरेका आचार्य २०६४ सालमा समेत प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका थिए । नागरिक उन्मुक्ति बाट भने स्थायी घर सल्यान भई हाल बाँकेमा बसोबास गर्दै आइरहेका राजेन्द्रवीर रायलाई उम्मेदवार बनाइएको छ । रायको प्रस्तावकमा बर्दिया २(१) बाट निर्वाचित सांसद राजकुमार चौधरी छन् भने समर्थकमा बर्दिया २(२) वाट निर्वाचित प्रदेशसभा सदस्य धर्मबहादुर चौधरी रहेका छन् ।

राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेशमा रहेका स्थानीय तहका प्रमुख/उपप्रमुख र प्रदेशसभा सदस्य गरी ३ सय ५ जना जनप्रतिनिधिले मतदान गर्नेछन् । जसमा २ सय १८ स्थानीय तहका प्रमुख/उपप्रमुख र ८७ प्रदेशसभा सदस्यहरू रहनेछन् । प्रदेशसभा सदस्यतर्फ नेकपा एमालेले २९, नेपाली काँग्रेसले २७, नेकपा माओवादी केन्द्रले १०, नागरिक उन्मुक्ति र राप्रपाले ४/४ लोसपा तथा जसपा र जनमत पार्टीले ३/३ सीट जितेका छन् । निर्वाचनमा स्थानीय तह र प्रदेशसभा सदस्यको मत भार छुट्टाछुट्टै गणना हुन्छ । स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्षको मत भार १८ र प्रदेशसभा सदस्यको मत भार ४८ छ ।

प्रदेशमा नेपाली कांग्रेसका कुल २७ सांसद छन् । प्रदेशबाट मात्रै उसको १ हजार २९६ मत भार हुन्छ । स्थानीय तहबाट कांग्रेसका प्रमुख २१, अध्यक्ष २७, उपप्रमुख १२, उपाध्यक्ष ३२ गरी कूल ९२ जना छन् । उनीहरूको मत भार १ हजार ६५६ हुन आउँछ । यसरी हेर्दा स्थानीय तह र प्रदेश सभामा गरी कांग्रेससँग कूल २ हजार ९५२ मत भार छ । एमालेसँग स्थानीय र प्रदेशतर्फ गरी कूल २ हजार ५९८ मत भार छ । एमालेका २९ जना प्रदेश सांसद छन् भने स्थानीय तहतर्फ प्रमुख ९, अध्यक्ष १८, उपप्रमुख १६, उपाध्यक्ष २४ गरी ६७ जना छन् । प्रदेश र स्थानीय तहतर्फ गरी माओवादीसँग कूल १ हजार १६६ मत भार छ । प्रदेश सभामा माओवादीका १० सांसद रहँदा स्थानीय तहमा ४० मतदाता छन् ।

त्यसबाहेक राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को मत भार २४६, जनता समाजवादी पार्टी (जसपा)को २५२, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को २१६, नागरिक उन्मुक्ति पार्टीको १९२, जनमत पार्टीको १४४, राष्ट्रिय जनमोर्चाको १२०, एकीकृत समाजवादीकाको ४८, जनता प्रगतिशील पार्टीको ३६ र स्वतन्त्र २ सांसदको मत भार ९६ छ । यसरी हेर्दा वर्तमान सत्तारूढ गठबन्धन (७ दल)को मत भार ४ हजार ५९६ रहेको छ । जुन कांग्रेसको भन्दा १ हजार २५४ मतभारले बढी हो । तर उन्मुक्तिको उम्मेदवारीले मत भार एमालेको कमी भएपनि जितका लागि कठिन देखिँदैन । सत्तारुढ दलहरूले मुख्यमन्त्री लीला गिरीलाई विश्वासको मत दिएकाले पनि स्वतन्त्र २ सांसदसहित एकीकृत समाजवादी तथा जनता प्रगतिशील पार्टीले पनि आफ्नो उम्मेदवारलाई मत दिने आंकलन गरेका छन् ।

कांग्रेसलाई पहिलेको गठबन्धनमा रहेका लोसपा, जनमोर्चा र एकीकृत समाजवादीले साथ दिएमा पनि ऊसँग ३ हजार ३४२ मत भार मात्रै हुन्छ । यदि यही गठबन्धन कायमै रहेको अवस्थामा गठबन्धनका उम्मेदवारको जित निश्चितजस्तै छ । दुई वटा मतदान केन्द्रमध्ये पहिलो मतदान केन्द्रमा स्थानीय तहका जनप्रतिनिधि र दोस्रो मतदान केन्द्रमा प्रदेश सभा सदस्यले मतदान गर्नेछन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports