linktrix Long Ad
Salt Trading Long Ad

अब प्रतिनिधिसभाको बैठक भर्चुअल रूपमा पनि बस्न सक्ने

637
shares

काठमाडौं ।प्रतिनिधि सभा नियमावली मस्यौदा समितिले सांसदहरू अभौतिक (भर्चुअल) माध्यमबाट उपस्थित भए पनि संसद् बैठक बस्ने व्यवस्था गरेको छ । यस प्रकारको व्यवस्थाले संसद् भवनमा सांसदहरूको उपस्थिति नभए पनि बैठक बस्न सक्ने भएको हो तर त्यसरी बस्ने बैठक प्राकृतिक प्रकोप वा महामारीको अवस्थामा मात्रै बस्नेछ ।

प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको बिहीबार बसेको बैठकमा उक्त प्रस्ताव गरिएकोमा सदस्यहरूले सहमति जनाएका हुन् । कोभिड–१९ को प्रकोपका बेला प्रतिनिधि सभाको बैठक बस्न सकेको थिएन । नियमावलीमा भर्चुुअल बैठकसम्बन्धी व्यवस्था नरहेकाले कोभिड–१९ को महामारीबीच संसद् बैठक भएन ।

भर्चुअल बैठकबारे मस्यौदामा भनिएको छ, “प्राकृतिक प्रकोप वा महामारीका कारण भौतिक उपस्थितिमा बैठक बस्न सम्भव छैन भन्ने कुरामा सभाका कम्तीमा एकचौथाइ सदस्य सहमत भई सो कुरा सभामुखलाई जानकारी गराएमा आवश्यकताअनुुरूप कार्यव्यवस्था समितिको परामर्शमा सभामुखको निर्णयअनुसार प्रविधिको प्रयोग गरी भर्चुअल माध्यमबाट पनि बैठक बस्न सकिने छ ।” त्यसैगरी सांसदले प्रयोग गर्ने ‘लेटर हेड’, अन्तर्राष्ट्रिय सन्धि–सम्झौता लगायतका विषयमा समेत बिहीबार बसेको मस्यौदा समितिको बैठकमा छलफल भएको छ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports