आफ्नो भनाईमाथि क्षमा याचना गर रवी
वि.सं.२०७९ माघ २७ शुक्रवार ०९:५३
shares

काठमाडौं । सत्ता गुमेको पिडा थाम्न नसकेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो आलोचना गर्ने सञ्चार संस्था घेर्ने र आफुले चाहेनुसारको कार्वाही गर्ने धम्की दिएका छन् । सञ्चारमाध्यमले उठाएका विषयहरुलाई सर्वोच्च अदालतले सही ठह¥याएर उनको नागरिकता बदर भै सकेको र पुनः प्रक्रिया पु¥याएर उनले पुनः नेपाली नागरीकता लिनसक्ने फैसला सुनाएको छ । त्यही फैसलानुसार उनले माघ १५ गते जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पुनः नेपाली नागरिकता प्राप्त गरीसकेका छन् । बदर भै सकेको नागरिकता नै देखाएर उनी सासंद पदमा विजय भएकाले, उनको सासंद पद गुमेको हुनालेनै उनले एकैसाथ उपप्रधानसहित गृहमन्त्री, संसदीय दलको नेता र पार्टी सभापति पदसमेत गुमाएका भएपनि माघ १५ गते पुनः नेपाली नागरिकता लिएका हुनाले सोही दिन पार्टीको बैठक राखेर उनी पार्टी सभापति बनेका छन् ।
अहिले पनि लामिछाने अनुसन्धानकै क्रममा रहेका छन् । उनीमाथि दोहोरो नागरिकता र राहदानी लिएको विषयमा अनुसन्धान भइरहेको छ । सबै पद गुमेपछि गैर सासंदको हैसियतमा उनी पुनः उपप्रधानसहति गृहमन्त्री बन्न चाहिरहेका थिए । प्रधानमन्त्री पुष्पकमल दाहाल त्यसमा सकारात्मक नभएपछि उनले आफ्ना पार्टीबाट निर्णयनै गराएर सरकारमा सहभागी भएका दुईमन्त्री र एक राज्यमन्त्रीले आफ्नो राजीनामा प्रधानमन्त्रीलाई बुझाए कै दिन अब आफुले फेरि निर्वाचन नजिति कुनै पदमा नजाने उद्घोष समेत गरेका छन् ।
गृहमन्त्रालय रास्वपालाई नदिने प्रधानमन्त्रीको निर्णयपछि रास्वपाले सरकारलाई दिएको समर्थन राष्ट्रपतिको निर्वाचनसम्म कायम राख्ने निर्णय गरेको छ । पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै सभापति लामिछानेले सञ्चारमाध्यमहरुलाई धम्की दिनुले उनी अझैपनि आफूलाई कानुनभन्दा माथि रहन खोजेका हुन् कि भन्ने प्रश्न समेत उठेको छ । उनी पनि पूर्व सञ्चारकर्मीनै रहेकाले गर्दा सञ्चारमाध्यमले पालना गर्नुपर्ने नियम, कानुन र आचार संहिताको बारेमा उनी जानकार रहेपनि हिजो उनले सञ्चारमाध्यम चलाउँदा कति नियम कानुन पालना गरेका थिए ? एकदुई सञ्चारमाध्यमले बद्मासी गरेका भएपनि सबै सञ्चारमाध्यमलाई एउटै डालोमा हालेर गालि गर्दै धम्काउने गरेको चरित्रले गर्दा त्यसको अप्रत्यक्ष रुपमा बेफाईदा उनैलाई हुन सक्छ । त्यसैले उनले आफ्नो अभिव्यक्तिप्रति क्षमायाचना गर्नु नै उपयुक्त हुनेछ ।






































