भारतीय विदेश सचिव क्वात्रा सोमवार नेपाल आउने
वि.सं.२०७९ माघ २७ शुक्रवार १२:२०
shares

भारतीय विदेश सचिव विनय मोहन क्वात्रा तीन दिने भ्रमणका लागि फागुन १ गते सोमबार काठमाडौं आउँदैछन् । भ्रमणका क्रममा उनले नेपालको पछिल्लो राजनीति तथा दुई देश बीचको सम्बन्ध बारेमा छलफल हुने बताइएको छ ।
परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलको निमन्त्रणामा क्वात्रा नेपाल आउन लागेका हुन् । विदेश सचिव क्वात्राले आफनो तीन दिने भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, राजनीतिक दलका प्रमुख नेताहरु, सरकारी उच्च अधिकारीलगायतसँग भेटघाट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
भेटको क्रममा विदेश सचिव क्वात्राले प्रधानमन्त्री प्रचण्डलाई भारत भ्रमणको निम्ता दिने बताइएको छ । प्रधानमन्त्री भएपछि छिमेकी मुलुक भारतको भ्रमण गर्ने परम्परा रहँदैआएको छ । पछिल्लो सरकार गठन भएसँगै विदेशी प्रतिनिधिहरुको नेपाल भ्रमणको सिलसिला बढेको छ ।






































