त्रिभुवन बिमानस्थलका महाप्रबन्धक ठाकुर निलम्वित
वि.सं.२०७९ माघ २७ शुक्रवार १४:१२
shares

त्रिभुवन विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर निलम्बनमा परेका छन्। थाई स्माइल एयरलाइन्सका कर्मचारी सँग ठाकुरले कुरा गरेको एक अडियो बाहिरिएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ठाकुरलाई निलम्बन गरेको हो।
ठाकुरले गैरकानुनी रूपमा थाई स्माइल बाट लाभ लिने गरी उक्त अडिओमा कुरा गरेको बताइएको छ। उक्त अडिओको छानबिन गर्न मन्त्रालयले अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई अनुरोध गरेको छ।






































